– गणेश गिरी
पर्वत, २३ साउन । पहुँचवालाहरुको नियन्त्रणमा मात्र रहने गरेकोे पर्वतको प्रहरी प्रशासन र जनतावीच पछिल्ला दिनहरुमा जनतासंगको दुरी घट्दै गएको छ ।
सदरमुकाम कुश्मा बजारमा जिल्ला प्रहरी कार्यालय पर्वतले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले पर्वतमा विगतको तुलनामा प्रहरी र जनताको दुरी घट्दै गएको बताएका हुन ।
राजनैतिक आडमा खरिद विक्री हुँदै आएको पर्वतको प्रहरी प्रशासन पछिल्लो समयमा भने जनतामुखी बन्दै गएको छ । अधिबक्ता तथा पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा भन्छन- ‘जनताले हाम्रो प्रहरी भन्न पाएका छन ।’ मदिरा र मोटो रकममा पर्वतका प्रहरी प्रमुखलाई यसअघि मुख्य गरी नेपाली कांग्रेस निकट नेताहरुले खरिद बिक्री गर्दै आएका थिए । शर्मा भन्छन- ‘प्रहरी प्रमुखकको परिर्वतनसंगै धेरै सुधार भएको छ ।’ विगत एक बर्ष देखि जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा प्रहरी नायव उपरिक्षक गंगा पन्त आएसंगै पर्वत प्रहरीका क्रियाकलापहरुमा सुधार आएको छ । महिला अधिकारकर्मी सरिता भण्डारी भन्छिन- ‘अपराध गर्नेलाई छुट दिने र निरअपराधिलाई कारबाही गर्ने प्रहरीमा आएको सुधारले हामी निकै खुशी छौं ।’
स्थानीय ब्यापारी नवराज भण्डारीले आगामी दिनमा पनि प्रहरी प्रशासनबाट यस्तै निस्पक्षताको आशा पर्वतबासीले गरेको बताए । महिला कार्यालय प्रमुख पर्वत प्रहरीले पहिलो पल्ट पाएको र पहिलो पल्ट नै प्रशासनिक क्षेत्रमा निकै सुधार आएको भण्डारीले दाबी गरे । ‘धाक धम्कि र ब्यक्तिगत आरिसमा ब्यक्तिलाई फसाउने र राजनीति गर्नेहरुलाई प्रहरीको ढोका बन्द भएको छ’ पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा भन्छन- ‘आफनो पेशा गर्ने ब्यापारीले सुरक्षाको प्रत्याभूति गरेका छन ।’

प्रहरी प्रमुखकको रुपमा पन्त आएसंगै जिल्लाका राजनैतिक दलका केहि नेताको अपराधि छुटाउने र थुनाउने खेल समाप्त भएको छ । अन्यायको विरुद्धमा सधै समर्पित रहने भएका कारण पन्तले सामाजिक कार्यहरुको पनि शुरुवात गरेकीछिन । महिला तथा बालबालिकालाई परेको हिंसाको अनुसन्धानका लागि सुरक्षित घर निर्माण र अवैध क्रसर ढङगले कालीगण्डकी नदीबाट उत्खनन् भईरहेको ढुंगा, बालुवाको उत्खनन्मा पनि कमी आएको छ ।
उता, बजारमा हुने अपराधिक घटनामा कमी आउनुका साथै, हिंसा पिडित महिलाहरुको उजुरी आउने दरमा भने बृद्धि भएको छ । सार्वजनिक अपराधका घटनाहरुको कारबाही बढनु, हिसा पिडितको तत्काल उद्धार र न्याय दिलाउने जस्ता कार्य यो अवधिमा पर्वत प्रहरीले सुधार गरेका कार्यहरु हुन । ‘मैल कानून विपरीत हुने गतिविधि रोक्ने प्रयास मात्र गरेकी हु’ प्रहरी नायव निरिक्षक पन्त भन्छिन–‘राजनैतिक आडमा अरापधिलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउनेहरुलाई मैले कहिल्यै प्रश्रय दिइन ।’
यस अघिका प्रहरी प्रमुख साँझ पर्दा साथ मदिरामा झुम्दै दलका नेता, ठेकेदार र ब्यापारीहरुसंग मोज मस्ती गर्दै आएकोमा पन्तको आगमनसंगै उक्त कार्य पूर्ण रुपमा बन्द भएको छ ।













प्रतिक्रिया