काठमाडौं, २४ साउन । २०१५ सालमा तराई कांग्रेस पार्टीको नेतृत्व गरेका वेदानन्द झा मधेसको मुद्दा उठाएर लोकप्रिय बने ।
त्यही लोकप्रियताको जगमा सत्तामा पनि पुगे । सत्तारोहणसँगै उनी आलोचित बन्दै गए । र, आफ्नो राजनीतिको आधारभूमि मधेसबाटै जनमत गुमाए । नागरिक दैनिकले समाचार छापेको छ ।
२०४६ सालमा गजेन्द्रनारायण सिंह मधेसको एजेँण्डा बोकेर राजनीतिमा स्थापित भए । तर, उनले मधेस एजेण्डा लागू गर्न सकेनन् न त लामो समय बोक्न नै सके । बरु त्यसैका बलमा सत्तामा पुगेपछि मधेसबाट जनमत गुमाउँदै गए ।
गजेन्द्रनारायणको निधनसँगै सेलाएको मधेसको एजेण्डालाई मधेसी जनअधिकार फोरमले गलि दियो ।
अन्तरिक संविधानको विरोध गर्दै समावेशी, समानुपातिक प्रतिनिधित्व, नागरिकता र निर्वाचनसम्बन्धी व्यवस्था सच्याउन फोरमले आन्दोलन गर्यो ।
पछि यो आन्दोलनमा सद्भावना पार्टी सरकार छोडेर सहभागी भयो । ०६४ मा तराई मधेस लोकतान्त्रिक पार्टीको जन्म भयो र यो पार्टी पनि आन्दोलनमा सरिक भयो । तर, कुनै दलले पनि इमान्दारीपूर्वक आन्दोलनका एजेण्डा नबोकेका कारण उनीहरु जनस्तरमा खस्कँदै गए । मधेसका माग भने जस्ताको तस्तै रहे ।
त्यो बेला आन्दोलनको एजेण्डा संघीयता, निर्वाचन प्रणालीमा सुधार, नागरिकतामा सहज पहुँचको व्यवस्था, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक व्यवस्थालगायत थियो । अहिले पनि उही एजेण्डा नै छ ।















प्रतिक्रिया