११ कार्तिक २०८३, बुधबार

सेनाको पृतनाबाट हतियार गायब, मुख्यालयमा तनाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uzi_of_the_israeli_armed_forcesकाठमाडौं, २४ साउन । दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन् । पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन ।

सर्ट मेसिन गन एक थान र दुईवटा लोडेड म्याग्जिन हराएको सैनिक स्रोतले जनाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुसार आइतबारदेखि घटनाबारे अनुसन्धान सुरु भएको छ ।

यसअघि स्थानीय सञ्चारमाध्यममा हतियारसहित जवान भागेको समाचार प्रकाशन प्रसारण भएको थियो ।

उक्त समाचारप्रति सेनाले आपत्ति जनाएको थियो ।

पृतनाभित्रबाट कुनै पनि जवान गायब नभएको तर हतियारबारे छानबिन भइरहेको स्रोतको भनार्इ छ ।

हातहतियार गणना तथा जाँच भइरहेकै बेला सेनाले काठमाडौंबाट विशेष टोलीलाई हेलिकप्टरमा झिकाएर अनुसन्धान तीब्र बनाएको छ ।