– कृष्ण ओझा
पाँचथर, २३ साउन । नागी गाबिस ६ गणेश चोकमा भएको आगलागी पीडित गणेश राज योङहाङलाई मंगलबार एमाले गाउकमीटिले राहात बितरण गरेको छ ।
आगलागी साउन १७ गते साझमा भएको हो । योङहाङको घरमा दियो बाट सल्कीएको आगोले ठूलै धनमालको क्षेति भएको छ ।
आगोले जलेर ६० तोला सून, ५० लाख नगद, ५० लाख को दोकानको लत्ताकपडा, जलेर नसट भएको पाँचथर जिल्ला युवासंघ अध्यक्ष तथा युवा नेतृ बाबा मेनेङवोले बताइन ।
अग्नी पीडित योङहाङग लाई ५ वटा सिरक, ५ वटा डस्ना, ५ वटा सिरानी, १ बोहो चामल, १० केजी दाहाल, १० केजी तरकारी, १० के चिनी, बिरण गरीएको छ ।
पीडितलाई राहात संकलनका लागी समीति बनाइ संकलन गर्ने योजना रहेको यूवा नेतृ बाबा मेनेङवोले बताईन ।
अग्नी पीडित गणेशराज योङहाङले नागी गणेश चोक नामाकरण गरेका थिए । उनी एमाले पूराना कार्यकर्ता रहेको जनाएको छ ।













प्रतिक्रिया