धनगढी, २३ साउन । अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिले टीकापुर घटनामा ज्यान गुमाएका २ वर्षीय बालक टेकबहादुर साउँदलाई शहीद घोषणा गर्न माग गरेको छ ।
समितिले आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै गत वर्षको भदौमा टीकापुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका बालक साउँदलाई शहीद घोषणा गर्न माग गरेको हो ।
सुरक्षाकर्मीका परिवारलाई सरकारी जागिर देउ
यसैगरी समितिले उक्त घटनामा मारिएका सुरक्षाकर्मीका परिवारलाई सरकारी जागिर दिन पनी माग गरेको छ । घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । ती मध्ये ८ जना सुरक्षाकर्मीका परिवारलाई सरकारी जागिर दिन माग गरिएको हो ।
सरकारले मधेस आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्ने तयारी गरेपछि अनाहकमा ज्यान गुमाएका बालकलाई शहीद घोषणा गर्नुपर्ने माग उठेको हो ।














प्रतिक्रिया