१९ कार्तिक २०८३, बिहिबार

थाइल्याण्डको सहयोगमा नेपाली महिलालाई तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thailand-Flag-1

काठमाडौं, २३ साउन । नेपालका लागि थाइल्यान्ड राजदूतावासको सहयोगमा फूल सजावट सम्बन्धी तालिम सुरु भएको छ ।

महिलाको अन्तर्राष्ट्रिय समूह (जोन्टा) र महिला उद्यमी महासंघको संयुक्त आयोजनामा नेपालका फूलव्यवसायीलाई सजावट सम्बन्धी तालिम दिन लागिएको हो । जोन्टाकी अध्यक्ष सिर्जना रानाले महिलालाई आर्थिक क्षेत्रमा सवल र सक्षम बनाउन उक्त तालिम प्रदान गरिएको बताउनुभयो ।

“तालिमले फूल टिकाउ खालको बनाउन मद्यत पुगेको छ,” उहाँले भन्नुभयो । महिला उद्यमी महासङ्घकी महासचिव निरु रायमाझी खत्रीले फूल सजावटसम्बन्धी तालिमले नेपालीले नै सजावट गर्नसक्ने कार्यमा दक्षता हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

तीन दिनसम्म चल्ने फूल सजावट तालिममा एकसय ५० भन्दा बढी फूल व्यवसायीको सहभागिता रहेको बताइएको छ । रासस