११ कार्तिक २०८३, बुधबार

एमालेको प्रदेश कमिटी गठन अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौं, २३ साउन । एमालेको प्रदेश कमिटी गठन अलपत्र परेको छ । स्थायी समिति बैठकले पाँच सय नेता–कार्यकर्तालाई प्रदेशमा जिम्मेवारी दिने निर्णय गरे पनि संयोजक चयनमा विवाद देखिएपछि कमिटी गठन अलपत्र परेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्थायी समितिको ६ असारमा बसेको बैठकले प्रदेश कमिटी गठनको निर्णय गरेको थियो । त्यसपछिको बैठकमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूबीच संयोजक चयनमा विवाद भएपछि प्रदेश कमिटीले अझै पूर्णता पाएका छैनन् ।

प्रदेश संगठन कमिटीको संयोजक र सचिव छनोट गर्न बाँकी छ । संयोजकमा उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलले दाबी गरेका छन् ।

११ असारमा बसेको स्थायी समिति बैठकमा उनीहरूले संयोजक दाबी गरेका थिए । ‘विकास क्षेत्र नरहेपछि उपाध्यक्षहरूले विगतमा जस्तै भूमिका पाउनुपर्छ भन्ने कुरा हामी सबै (उपाध्यक्ष)ले बैठकमा राखेका हौँ’, उपाध्यक्ष युवराज ज्ञवालीले भने । त्यतिवेला तीन उपाध्यक्ष मात्र नेपालनिकट रहे पनि अहिले गौतमसमेत नेपालसँग नजिकिएका छन् ।

प्रदेशका सातमध्ये तीन संयोजक दिन संस्थापन पक्ष तयार भए सहमतिमै टुंग्याएर जाने निष्कर्षमा नेपाल पक्ष छ । ‘चार उपाध्यक्षमध्येबाट बनाउँदा हामीले कम्तीमा तीन प्रदेशको संयोजकको जिम्मा पाउँछौँ । बाँकी उहाँहरूले ज–जसलाई बनाउँदा पनि हुन्छ’, नेपालनिकट एक नेताले भने, ‘यसरी जाँदा कुरा मिल्न सक्छ, हामी धेरै अड्काउने पक्षमा छैनौँ ।’