३१ आश्विन २०८३, शनिबार

हतियारसहित सैनिक फरार भएपछि सुदूरपश्चिममा चेकजाँचमा कडाई

127.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-farar

काठमाडौं, २२ साउन । डोटीको राजपुरस्थित नेपाली सेना सुदूरपश्चिमाञ्चल पृतना मुख्यालयमा कार्यरत एक सैनिक जवान हतियारसहित फरार भएको खबर सार्वजनिक भएको छ ।

अत्याधुनिक हतियारसहित सैनिक जवान शनिबार फरार भएको खबर सार्वजनिक भएपनि नेपाली सेनाले भने पुष्टि गरेको छैन । फरार सैनिक जवानको नाम पनि खुल्न सकेको छैन ।

हतियारसहित सेनाको जवान फरार भएकोबारे एकीन गर्न नेपाली सेनाले आन्तिरिक छानविन थालेको छ, भने हतियार गणना हुँदैछ ।

नेपाल प्रहरीले सुदूरपश्चिम क्षेत्रमा चेकजाँच कडा पारेको छ । सुदूरपश्चिमभरिका विभिन्न राजमार्गमा नेपाल प्रहरी र नेपाली सेनाका चेकपोस्टमा कडा चेकजाँच भइरहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढी–महेन्द्रनगर सडक तथा भीमदत्त राजमार्गमा बस र जीप कारका यात्रुका झोला खोलेर चेकजाँच हुँदैछ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जवान फरार भएको वा नभएकोबारे एकीन हुन नसकेको बताए । ‘पृतनामा आन्तिरिक छानविन भइरहेको छ,’ हतियार गणना पनि भइरहेको छ’ प्रवक्ता कार्कीले भने- ‘अहिले भन्न सकिने अवस्था छैन ।’

पृतनाका महासेनानी याम सापकोटाले सोधपुछ भइरहेकोले बाँकी कुरा अहिले भन्न नमिल्ने बताए ।