१९ कार्तिक २०८३, बिहिबार

पहिराले एक घर पुरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

darchula-pahiroबैतडी, २२ साउन । लगातारको वर्षापछि आज बिहान पहिरो जाँदा तल्लादेहीमा एक घर पुरिएको छ भने तीन घर भासिएका छन् ।

पहिरोले तल्लादेही–८ डाँडाखालीमा कैले सार्कीको घर पुरिएको स्थानीय बासिन्दा रनबहादुर बोहराले जानकारी दिनुभयो । त्यस्तै घर भएको ठाउँको जमिन भासिएपछि जसे सार्की, मने सार्की र परे सार्कीको घर उच्च जोखिममा रहेकाले उनीहरु विस्थापित छन् । पहिराबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिओम खड्काले राससलाई जानकारी दिनुभयो । स्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।

यसैबीच गत २४ घन्टामा सतबाँझ, गुरुखोला, श्रीकोट, रौलेश्वर, भूमेश्वर, वसन्तपुर, हटैराज लगायत गाविसमा भारी वर्षा भएको छ । वर्षामापन केन्द्र सतबाँझका अनुसार पछिल्लो २४ घन्टामा ८१.७ मिमी वर्षा भएको छ । बैतडीका सात स्थानमा वर्षामापन केन्द्र छन् । रासस