वाशिंगटन डिसी । ललितपुरको पाटन घर भई हाल अमेरिकामा अध्ययनरत कन्चन अमात्य अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको छ ।
अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेबार पाएकी हुन् ।
सानो उमेरदेखि नै सफलताको खुट्किलो चढ्दै निरन्तर रुपमा कदममाथि कदम अगाडि बढाउँदै गरेकी अमात्य नर्बेमा युनाईटेड वर्ल्ड कलेज नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै कक्षा १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् ।
अमात्य ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत अन्डर ग्रजुएट तहमा अध्ययनरत छिन् ।
‘यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ तथा संस्थामा काम गर्ने मौका पाउँदा अवसर गुमाउनु हुँदैन’, उनले बताइन । आफू एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको उनले बताइन ।
अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा समेत नेपालको युवा तथा बालबालिकाको हितको लागि काम गर्ने सुनौलो अवसर पाएकोमा आफू निकै उत्साहित भएको अमात्यको भनाइ छ ।
अमेरिकन कांग्रेसद्वारा शिक्षा सबैको लागि एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिलको लागि पारित गराउन पूरा कोसिस गर्नु आफ्नो मूल कर्तब्य रहेको अमात्यले बताइन् । उनले गत वर्ष गर्ल्स काउन्ट एक्ट २०१५ युएस कांग्रेसबाट पारित गराउन ठूलो मदत गरेक थिएन् ।
अमात्यले राष्ट्रपति भवनमा व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति विषयक गोष्ठीमा वक्ताको रुपमा प्रस्तुति समेत गरी सकेकी छिन् ।
















प्रतिक्रिया