११ कार्तिक २०८३, बुधबार

प्रचण्डलाई एमालेको चेतावनी- एकलौटी गरे हामी चुप लागेर बस्दैनौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokherel-5

काठमाडौं, २२ साउन । अघिल्लो सरकारले प्रस्ताव गरेका राजदूतहरुको सिफरिसलाई वर्तमान सरकारले फिर्ता लिने निर्णय गरेपछि एमालेले कडा आपत्ति जनाएको छ ।

एमाले महासचिव इश्वर पोख्रेलले सो निर्णयको बिरोध गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारे विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरुमध्ये संसदीय सुनुवाई हुन बाँकी राजनीतिक पृष्ठमूमि भएका राजदूतहरु सिफारिसको निर्णय फिर्ता गर्ने निर्णय गरेर गलत काम गरको महासचिव पोखरेलको भनाइ छ ।

‘सरकार अविछिन्न उत्तराधिकारवाला संस्था हो । अघिल्लो सरकारले पनि पालना गर्नेपर्ने नैतिक र कानुनी अभिभारा हो । तर, वर्तमान सरकारले जे निर्णय गरेको छ, त्यो नैतिक र कानुनी रुपमा पनि बेठीक छ ‘ उनले भने ।

पोखरलेलले एमालेलाई अलग्याएर कांग्रेस माओवादी अघि बढ्न खोजे उनीहरुको त्यो उद्देश्य पूरा नहुने ठोकुवा गरे । ‘एकलौटी गरे एमाले चुप लागेर बस्दैन्,’ उनले भने । राजधानी दैनिकमा समाचार छ ।