१९ कार्तिक २०८३, बिहिबार

चट्याङले रेडियो पाठशालामा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chattyangदाङ, २२ साउन । गएराति परेको चट्याङले दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पाठशाला पूर्णरुपमा क्षति भएको छ ।

शुक्रबार राति परेको चट्याङले रेडियोको करिब रु १५ लाख बराबरको सामानमा क्षति भएको रेडियोका स्टेसन मेनेजर बामदेव देवकोटाले जानकारी दिनुभयो ।

रेडियोको ट्रान्समिटर, ऐन्टेना, युपिएस, फेडर केबल, कम्प्युटर, सोलार कन्ट्रोल, विद्युत्को मिटरबक्सलगायतका सामान पूर्णरुपमा क्षति भएको देवकोटाले जानकारी दिनुभयो ।

रेडियो शुक्रेश्वरी सञ्चार सेवा संस्थाद्वारा १०४ मेगाहर्जबाट रेडियो सञ्चालन हुँदै आएको थियो । रासस