१९ कार्तिक २०८३, बिहिबार

नेविसंघ महाधिवेशन: मत सर्वेक्षणमा महर पहिलो, दोस्रो स्थानमा आचार्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nainsing-mahar-aacharyaकाठमाडौं, २१ साउन । नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति नजिकीयसँगै राजधानीमा चहलपहल बढ्दो छ । यतिबेला गाउँगाउँबाट प्रतिनिधि आउने क्रम जारी छ ।

विगतमा पटक पटक महाधिवेशन घोषणा गरेर पनि स्थगित गरिएका कारण निराश बनेका नेविसंघकर्मीहरु यसपटक पार्टीले नै महाधिवेशन गराउन चासो र चिन्ता व्यक्त गरेपछि महाधिवेशन हुने पक्का भएको हो । संघको महाधिवेशन सम्पन्न गराउन गठित निर्देसक समितिले संघको विधानको टुंगो लगाएपछि विद्यार्थी प्रतिनिधि मात्रै होइन उम्मेद्वारीका लागि तम्तयार भएका विद्यार्थी नेताहरु थप उत्साहित भएका हुन् ।

महाधिवेशन नजिकिँदै जाँदा एकपछि अर्को उम्मेद्वारी घोषणाको क्रम पनि सुरु भएको छ । नेविसंघको अध्यक्ष पदका लागि नैनसिंह महर, मनोजमणि आचार्य, निलकण्ठ रिजाल कुन्दन काफ्नले, जीतजंग बस्नेतको नाम चर्चामा भएपनि पर्यवेक्षक संस्था नेसन फर इलेक्सनले गरेको सर्वेक्षणले भने नैनसिंह महरको नाम अग्रपंक्तिमा देखाएको छ । देशैभरका प्रतिनिधि, पार्टी नेता, विश्लेशक, व्यापारी र आम नागरिकमध्ये ८ हजार ३ सय प्रतिनिधिमाझ गरेको सर्वेक्षणले एक नम्बरमा महर र दोस्रो सम्भावनाको सूचीमा मनोजमणि आचार्यलाई देखाएको छ । महरको पक्षमा ३४ प्रतिशत, आचार्यको पक्षमा २६ प्रतिशत मत देखिएको छ । तेस्रो नम्बरमा भने निलकण्ठ रिजालको नाम अगाडि आएको छ, उनको पक्षमा १३ प्रतिशत मत आएको छ । बाँकी २७ प्रतिशत मत भने अन्य उम्मेद्वारको पक्षमा देखिएको छ ।

त्यस्तै दोस्रो प्रभावशाली पद महामन्त्रीका लागि करिब एक दर्जनभन्दा बढी प्रत्यासी मैदानमा छन् । पुष्पकुमार शाही, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मनोज वैद्य, रमेश रिजाल, विनयराम भट्टलगायतको नाम चर्चामा भएपनि नेसनफर इलेक्सनको सर्वेक्षणले भने तीन जनाको नाम अगाडि ल्याएको छ ।

सर्वेक्षणका अनुसार एक नम्बरमा पुष्पकुमार शाही, उर्मिला थपलिया दोस्रो र तेस्रो स्थानमा डिल्लीराज सेवेदी देखिएका छन् । शाहीको कुशल संगठन निर्माण, सक्रियता, लोकतान्त्रिक आन्दोलनको सक्रियता बढी रुचाइएको छ । त्यस्तै उर्मिलाको जुझारुपन, सहनशिलता र सक्रियता मन पराइएको छ भने सुवेदी योग्य र सालिन व्यक्तित्वलाई मन पराइएको छ । शाहीको पक्षमा २७ प्रतिशत, थपलियाको पक्षमा २४ प्रतिशत र सुवेदीको पक्षमा २१ प्रतिशत मत देखिएको छ । बाँकी बाँकी २८ प्रतिशत मत भने महामन्त्रीका बाँकी उम्मेद्वारको पक्षमा देखिएको छ ।