पोखरा, २१ साउन । कास्कीमा सम्बन्धविच्छेद गर्ने विवाहित जोडीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । आव २०७२÷७३ को असार मसान्तसम्म ५८९ जोडीको सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको फैसला भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
सो अवधिमा सम्बन्धविच्छेदका ६९७ मुद्दा भएका थिए । अझै १०८ वटा त्यस्ता मुद्दा फैसला हुन बाँकी रहेका छन् । अघिल्लो आवमा सम्बन्धविच्छेदका ६२४ वटा मुद्दा दर्ता भएकामा ५०९ वटा मुद्दाको फैसला भएको थियो ।
घरेलु हिंसा, वैदेशिक रोजगार, महिला र पुरुषमा बेमेललगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको बताइएको छ । रासस












प्रतिक्रिया