महेन्द्रनगर, २१ साउन । भीमदत्त नगरपालिका ११ भुजेलाका २४ बर्षिय युवा रोहित विष्टको हत्या गरि तन्नामा बेरेर खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रोहित विष्ट हत्या प्रकरण चर्किदै गएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार घटनाको विवरण सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी प्रशाद अधिकारीले विष्टको साउन ६ गते नै हत्या गरेर भुजेला खोलामा फालेको पक्राउ परेका अभियुक्त पदम सिह धामीले स्वीकार गरेको बताउनुभयो । उहाँका अनुसार साउन ६ गते राती १०÷११ बजेको समयमा भुजेला खोलामा तन्नामा बेरी फालेको स्थान समेत देखाई तन्ना बरामद भएको छ ।
यस्तै प्रहरी प्रमुख अधिकारीले घटनाको अर्का अभियुक्त ज्ञानेन्द्र बहादुर चन्दको बिन्दास होटेलमाम फेला परेको तन्ना कपडा र प्राप्त भौतिक सबुद प्रमाणहरुको परिक्षण गर्न केन्द्रीय प्रहरी विधी विज्ञानशाला काठमाण्डौँ पठाईएको छ । प्रहरीले घटना के कुन परिस्थितीमा के कसरी गरे गराएको हो ? भन्ने विषयमा देखि जान्ने साक्षी र भौतिक सबुदहरुको परिक्षण रिर्पोट प्राप्त भएपछि थप घटनाको स्पष्ट हुने प्रहरी प्रमुख अधिकारीले बताए ।
कञ्चनपुर प्रहरीले मृतक विष्टको घटनामा जो सुकै व्यक्ति संलग्न रहे पनि त्यस्ता अभियुक्तहरुलाई कानुनी बमोजिम कार्याबाही गर्ने प्रतिबद्धता जाहेर गरेको छ । कञ्चनपुर प्रहरी प्रमुख अधिकारीले पक्राउ गरेका अन्य अभियुक्तहरुसित लिएको बयान सार्वजनिक गरेर दोसीले चलखेल गर्ने मौका पाउने भन्दै धामीको बयान मात्रै सार्वजनिक गरेका थिए ।
अभियुक्त धामीले यसअघि सुदूरपश्चिम क्षेत्रिय कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टसमक्ष र बयानमा समेत आफूले मोटरसाईकल चलाएको, शुवास चन्दले मृतक विष्टलाई बोकेको र होटेलका संचालक ज्ञानेन्द्र चन्दले बाटो क्लियर गरेको बयान दिएको भिडियो समेत सार्वजनिक भएको छ । मृतक परिवारले घटना तोडमोड गर्न लागेको शंका गरेका छन् । मृतक रोहितका बुवा रोसन विष्टले भने, प्रहरीले सार्वजनिक गरेरको घटनाको विवरणमा चित्त नबुझिएको प्रतिक्रिया दिएका छन् ।
प्रहरीले प्रसस्त प्रमाण पाउँदा समेत घटना लम्ब्याएर लाभ लिने षडयन्त्र गरेको आरोप लगाएका छन् । आफुहरुले वास्तविक दोसीले सजाय पाउनुपर्ने माग राखेको भन्दै पीडितको न्यायका लागि समेत प्रहरीले खटिनुपर्नेमा उहाँले जोडदिएका छन् । वास्तविक दोसीलाई कार्बाही नगरेको भन्दै पीडित परिवार, आफन्त तथा गाँउलेहरुले बिहीबार पश्चिमी नेपाल–भारत सिमा नाका बन्द गरेको पीडित परिवार लगायत आफन्त गाँउलेहरुले घटनाको सत्य तथ्य छानबिन गरेर दोसीलाई कार्बाही नगरिए पुनः अन्र्तराष्ट्रिय सीमा बन्द गर्ने चेतावनी दिएको छ ।
फोटोः केशव साउदबाट ।













प्रतिक्रिया