कपिलबस्तु, २० साउन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बिहीबार बिहान ९ बजे देखि राती ८ बजे सम्म लोडसेडिङको समय तालिका बाहेक दिनमा तिन, चार घन्टा बत्ती काटेको बिरोधमा बिद्युत कार्यालयमा ताला बन्दी गरेका छन् ।
औसतमा २४ घन्टामा ११ घन्टा बढी बिद्युत काटने लोडसेडिङको समय तालिका रहेको छ । त्यसमा पनि पटक पटक गरि ५ देखी ६ घन्टा बिद्युत काटेकोमा स्थानिय बासी आक्रोशित भई बिद्युत कार्यालय घेराउ गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पनि घेराउ गरेका थिए । र शुक्रबार बिहान १० जिल्ला प्रशासन कार्यालयमा बिज्ञाप्ती दिई स्थानियले बिरोध गरेका छन् । बजे गर्मी बढे लगत्तै बिद्युत प्राधिकरणले तौलिहवामा प्रत्येक बर्ष लोडसेडिङ बढाउने प्रत्येक घण्टामा लाईन काट्ने जस्ता कार्य गर्दै आएको छ ।
व्यापारीहरुले महिनौंदेखि भोल्टेज कम आईरहेकोले पानीको मोटर नचल्ने, इनभर्टर समेत चार्ज नहुने, समस्या भोग्दै आईरहेकोले स्थानियहरु अझै आक्रोसित भई युवा, व्यापारी तथा बिद्यार्थीहरु नारा जुलुसका समेत गरेका थिए । आक्रोशित स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ सुदिप पौडेलको नेतृत्वमा गएको १० जनाको टोलीले प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे तथा बिद्युत प्राधिकरणका ईन्जिनियर सन्तोष पाण्डेयबीच छलफल कार्यक्रममा बिद्युत प्राधिकरणका ईन्जिनियर पाण्डेयले हामीलाई जानकारी नदिई बुटवलबाट लाइन काटेको बताए । त्यस्तै प्रजिअ इन्दु घिमिरेले समस्याको समाधान गर्न मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी गराई सकेको र छिटै नेै समस्या समाधान हुने आश्वासन समेत दिएका छन् । आक्रोसित स्थानियले चाँडै समस्या समाधान नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।













प्रतिक्रिया