१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा प्रहरी र जेष्ठ नागरिकबीच अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagarik-sunuwai

– कृष्ण ओझा

पाँचथर, २१ साउन । पाँचथर प्रहरीको अगुवाईमा बिहिबार अमरपूर गाविसका जेष्ठ नागरिकहरु बिच समस्या समाधानका बिषयमा अन्तरक्रिया सम्पन भएको छ ।

ठूलै संख्यामा उपस्थीत जेष्ठ नागरिकहरुबीच सामूदायीक सेवा केन्द्र र प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत अन्तरकृया गरिएको हो । भेलामा जेष्ठहरुले आआफ्ना भनाई र समस्याहरु राखेका थिए । उनीहरुले समस्या र पीर मार्काहरु परेको राखेका थिए ।
पीरमर्का र समस्याका समाधानका उपायहरु पाँचथर प्रहरी प्रमूख कृष्ण प्रसाद कोइरालाले सहभागीबीच प्रष्टयाएका थिए । कानूनी बाटाहरु, न्याय पाउने तरीका, सुरक्षा लगायत बिषयमा समेत सुनुवाइ तथा बक्ताहरुले बोलेका थिए ।

कार्यक्रमा सामूदायीक सेवाकेन्द्रका अध्यक्ष छबि बाँस्कोटा, केन्द्रका उपाध्यक्ष महिला नेतृ मूना नेम्वाङ,महासचिव मोहन दाहाल, सदस्य उर्मिला श्रेष्ठले कार्यक्रमको उदेश् यबारे प्रष्ट पारेका थिए । भेलामा जेष्ठहरुलाई सामाजीक सस्था सहयोगी आँखाका, अध्यक्ष कमल थपलीया लगायतले सहयोग गरेका थिए ।

सहभागी जेष्ठ नागरीहरुले आफूलाइ हेला, होच्याएमा र अन्यायमा परेमा सूनीदिने निकाय रहेछ भनने महसुस भएको र त्यसबिरुद्ध उजूरी दिन हिम्मत बढेको बताएका थिए ।
कार्यक्रम केन्दीय नीति अनूरुप जेष्ठ नागरीकहरुको समस्या बूझने र के कसरी सहयोग पूर्याई समस्यासमाधान गरी सेवा पूर्याउन सकिन्छ भन्ने बिषयमा डीएसपी कोइरालाले निर्धक आफ्ना कूरा राख्न अनूरोध गरेका थिए ।
भेलामा जेष्ठ नागरीक, महिला र पूरुषको दूई सय बढी संख्यामा उपस्थीति रहेको थियो ।