काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निर्वाचित भएकोमा फ्रान्सले बधाई तथा शुभकामना प्रदान गरेको छ ।
नेपालस्थित काठमाडौंमा रहेको फ्रान्सेली राजदूतावासले शुक्रबार वक्तप्य जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रधानमन्त्री भएकोमा प्रचण्डलाई बधाई दिएको हो । प्रचण्डको कार्यकालमा दुई देशबीच द्विपक्षीय सम्बन्ध अझै बलियो हुने फ्रान्सले विश्वास लिएको छ ।
नेपालको पुनर्निर्माण र आर्थिक विकासमा सधैं साथ दिने फ्रान्सले शुभकामना सन्देशमार्फत प्रतिबद्धता पनी जनाएको छ ।













प्रतिक्रिया