घोराही, साउन २१ । नेकपा एमाले दाङमा मध्यमार्गीको भुमिका निर्वाह गर्दै आउनु भएका एमालेका नेता लक्ष्मण आचार्य विवाद मिलाउन निकै सक्रिय भएर लागिरहेका छन् ।
पछिल्लो समयमा माधव नेपाल पक्षको नेतृत्व गरिरहेका एमाले दाङ जिल्ला अध्यक्ष जोगबहादुर राना र पार्टीको संस्थापनतर्फको नेतृत्व गरिरहेका सचिव (हालका कार्यवाहक अध्यक्ष) हुकुम बस्नेत समूह दुवैले पार्टी समानान्तर गतिविधि अगाडि बढाएपछि आचार्य मध्यमार्गीको भुमिकामा देखिएका हुन् ।
पटक–पटक दुवै समुहलाई एकै ठाउमा बसालेर छलफल, वहस चलाइरहेका नेता आचार्यले विवाद मिल्ने संकेत गरेका छन् । ‘विवाद समाधानको दिशातर्फ गइरहेको छ, अव विवाद होइन् सबै मिलेर जाने हो’– उनले भने–‘दुवै समूहले जित्ने गरी विवाद मिलाउने तयारी भइरहेको छ, अव कसैले रोकेर विवाद लम्विदैन ।’
एमालेको पक्षमा दाङसहित देशभर जनलहर देखिरहेको वेलामा पार्टी नेताहरु आन्तरिक विवादमा अल्झिएकै कारण पार्टि कमजोर हुँदै गएको भन्दै उनले अब दुवै समुह मिलेर पार्टीलाई बलियो बनाउने दिशातर्फ लाग्नुपर्ने उल्लेख गरे । ‘विवादलाई लम्ब्याएर केहि एक दुइ जनालाई फाइदा होला, तर समग्रमा पार्टिलाई घाटा हुन्छ, यसमा नेताहरु गम्भिर र सचेत हुन जरुरी छ,’ उनले थपे– ‘दाङको विवाद हामी सबैले मिलाउने हो, यसमा केन्द्रिय नेताहरुलाई अनावश्यक विवादमा ल्याउनु हुँदैन ।’
उनले पार्टीभित्रको आन्तरिक विवाद केही दिनभित्रै सबैले जित्ने गरी मिलाउने तयारी भइरहेको दाबी गर्दै नेताहरुबीच आपसमा छलफल चलिरहेको जानकारी दिए ।












प्रतिक्रिया