२९ आश्विन २०८३, बिहिबार

हेर ! मधेसका यी लुरी देवीको दुर्दशा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JP Guptaसर्वोच्च अदालतले गढीमाई मंदीरमा पशु बलीमा रोक लगाउने निर्देशनात्मक आदेश दिएको कुरा समाचारमा आएको छ ।

गढीमाईको त्यस ठाउँमा स्थापना हुनु नै त्यही ठाउँमा देवीको पंचबली चढाई माग्ने आंकाक्षाबाट भएको किवदंति छ । यो मीथ होला, तर यस मीथको पछाडी दशकौंको परम्परा छ । के सम्माननीय अदालतले त्यस परम्पराको ख्याल गरेको छ ?

के ऋणले थिचिएको कुनै समाजलाई ऋणमुक्त पार्न कुनै तान्त्रिकले बालुवालाई सुनमा परिवर्तन गर्न सक्छ र ? परम्परादेखि चलि आएको यस मीथका नायक शंखधर यस देशको विभूति घोषित भए ।

भर्खरै राष्ट्रपतिले हेरेको मच्छेन्द्रनाथको भोटो जुन हराएर बर्षौ पछि भेटिएको भनिन्छ;यसको औचित्य पुष्टिको कुनै आधार छ र ?

बुढानिलकंठको दर्शन गर्दा राजाको मृत्यू हुन्छ भन्ने मीथको आधारमा पुरै शाहवंश त्यो अद्वितीय प्रस्थर कलालाई हेर्नै नपाई अकाल मृत्यूवरण गर्नु परेन ?

दोलखाको भीमसेनलाई पसीना आउँदा नारायणहिटीबाट पुजा सामाग्री पठाउने राजतन्त्र किन बिस्थापित भयो ? गुरू गोरखनाथले दिएको दहीको प्रसाद पृथ्वीनारायण शाहको खुट्टामा पोखिदाँ उ नेपाल बिजय गरेको ठान्ने हो भने तिनको खुट्टा दिल्लीको तख्तसम्म किन पुगेन त ? आर्यावर्तको राजधानी पाटलीपुत्रबाट नेपालमंडल मै पार्ने त्यो मौका पृथ्वी नारायणले किन छोडे ?

बी.पी. कोईराला नास्तिक थिए । तिमी समाजवादसंगै नास्तिकताको वकालत किन गर्दैनौं भन्ने एक जर्मन पत्रकारले प्रश्न गरेका थिए । शिवरात्रीको समयमा बी.पी.संग गरिएको त्यस प्रश्नको जवाफ दिन बी.पी.ले त्यस जर्मनलाई पशुपति लगेका थिए र देश देशान्तरबाट आएका असंख्य तिर्थालुलाई देखाउदै भनेका थिए: हो त्यो मेरो विचार हो नास्तिकताको । तर, केही पाई हालिन्छ कि भनेर महिना दिन देखि पैदल हिडेर पथ्थरको दर्शन गर्न आउने यी असंख्य धार्मिक मानिसहरूको बिश्वासलाई म कसरी बदल्न सक्छु र ? म त राजनीति पो गर्छु भनेका थिए । अहिले अदालतले के गर्न खोजेको हो ?

भरै कसैले दक्षिणकाली, शोभाभगवती, भद्रकाली, नक्साल भगवती, गुह्येश्वरी, मैतिदेवी, जयबागेस्वरी, संकटा भगवती, नरदेवी भगवतीलाई गढीमाई कै नजीरको आधारमा पशुबली चढाउन रोकी पाउँ भनी निवेदन दिदां सम्माननीय अदालतले के गर्ने ?
सम्माननीय श्रीमानहरू म त बली चढे । राज्य तृप्त भएन । फेरी बली चढौला । कृपया गढीमाईको ईच्छा तृप्त हुने बाटो नरोकौ !