१९ कार्तिक २०८३, बिहिबार

संविधानलाई सर्वस्वीकार्य बनाउनु सरकारको प्राथमिक कार्यभार: प्रम प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-2

काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक राष्ट्रिय एकताको सुदृढीकरणसँगै नेपालको संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउनु सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज साँझ प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेसी, थारूलगायत समुदायको मागलाई संविधानमा समावेश गरी संविधान कार्यान्वयनको सुनिश्चितता अहिलेको आवश्यकता हो भन्नुभयो ।

प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणमा भएको सुस्त गतिलाई तीव्रता दिइने, आर्थिक विकासका लागि तात्कालिक र दीर्घकालीन विकासका आयोजना अघि बढाइने र मुलुकमा रोजगारी वृद्धि गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो–“जनता र राष्ट्रको पक्षमा काम गर्न आवश्यक छ, विकास र प्रगतिका लागि सबै दलबीच सहकार्य र एकता नभए अफ्ठ्यारो स्थिति आउन सक्छ । रासस