
– भाष्कर केसी
महेन्द्रनगर, १९ साउन । कञ्चनपुरका स्थानीय वासिन्दाले नेपाल–भारत सीमा बन्द गर्ने चेतावनी दिएका छन् ।
भारतले नाकाबन्दी लगाएको वर्ष दिन नवित्दै कञ्चनपुरका बासिन्दाले पत्रकार सम्मेलन गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पश्चिमी नाका गड्डाचौकी ठप्प पार्ने चेतावनी दिएका हुन् ।
नाकाबन्दी किन ?
कञ्चनपुरको भिमदत्त नगरपालिका ११ भुजेलाका २४ वर्षीय रोहित विष्ट घरबाट वेपत्ता भएको पाँच दिनपछि घर नजिकैको नदीमा डुबेको अवस्थामा साउन ९ गते फेला परे । उनको मृत्यु घटनाको बारेमा हालसम्म पनी प्रहरीले कुनै सत्य तथ्य पत्ता नलगाएको भन्दै स्थानीयले साउन २० गतेबाट गड्डाचौकी नेपाल–भारत सीमा बन्द गर्ने निष्कर्षमा पुगेका हुन् ।
साउन ९ गते स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरीले मृतकको खल्तीमा भेटिएको कागजातबाट विष्टको पहिचान गरेको थियो । भुजेला खोलामा लास भेटिएपछि हतार हतार चेक जाँच नै नगरी प्रहरीले वेवारिसे बनाउने प्रयास गरे पछि स्थानीयवासीको विरोधपछि चेकजाँच गरी खल्तीमा रहेका कागज प्रमाणहरुबाट लासको पहिचान भएको तैपनि पीडित पक्षलाई थाहा नै नदिई मगाई टेक्टरको भाडा समेत प्रहरी आफैंले भुक्तानी गरेको र प्रहरीले हतार हतार पोष्टमार्टम गर्न लगाई पीडित पक्षलाई लाश सतगत पूर्जा दिएको घटना गर्ने व्यक्तिहरुको नाम, लास चेकजाँच र मुचूल्का गर्दा पीडित पक्ष एवं स्थानीय जनताले प्रहरीलाई भन्दा पनि सम्बन्धित व्यक्तिहरुलाई नियन्त्रण लिन नचाहेको, घटनासँग सम्बन्धित व्यक्ति पदम धामीलाई ३ दिनसम्म प्रहरीले पक्राउ गर्न तर्फ कुनै प्रयास नगरेको चौथो दिन पीडित पक्षले स्थानीय वसपार्कबाट पदम धामीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाँउद पनि राम्रोसँग सोधपुछ नगरेको अर्को दिन डिआइजी विजय कुमार भट्टले पदम धामीलाई सोधपुछ गर्दा रोहित विष्टको हत्या गरी खोलामा फालेको भन्ने कुरा स्वीकार गरी लासलाई बेरेको तन्ना समेत डिआईजी भट्टको रोहबरमा पदम धामीले देखाए अनुसार तन्ना समेत बरामद भएको तन्ना बरामद भइसकेपछि पनि प्रहरी अनुसन्धान चित्तबुझदो तरिकाले नगरेको, मृतकको निधारमा तीनरचार इन्चको घाउ र अण्डकोष सुनिएको प्रष्ट हुँदा हुँदै प्रहरी पानीमा डुबेर आफै मरेको हुन सक्ने आशय र अभिव्यक्त दिइरहेको, आरोपी ज्ञानेन्द्र बहादुर चन्दको बिन्दास होटलभित्र कोठामा रगत लागेको ढुगाँ, कपडा र तन्ना भेटिए पनि प्रहरीले लापरवाही गरी केसलाई ढिलासुस्ती गरी केश लम्ब्याउन खोजेको व्यहोरा पत्रकार सम्मेलन गरी मृतकका परिवारले जनाएका छन् ।
मृत्यु हुनुभन्दा रोहित केही दिन अगाडी ८० हजार भारु लिएर मोटरसाईकल किन्न भनेर घरबाट हिडेको मृतकका काका भरत विष्टले बताए ।












प्रतिक्रिया