२९ आश्विन २०८३, बिहिबार

तमसुक गरेर सत्तामा पुगेका प्रचण्डको अबको नियति

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13521960_1118245024910123_5432822319639659021_nसत्ता कब्जा बन्दुकको नालबाट मात्र होइन बेइमान र धोखाधडीको राजनीतिक खेलबाट प्राप्त हुदो रहेछ । यो यथार्थको साबित क.प्रचण्डले व्यवहारमा गरेर देखाई दिएका छन् । हुन त विश्वमा सुन्दर भनिएको प्रजातान्त्रिक संसदीय अभ्यासको यो एउटा नमुना मात्र हो ।
संसदीय प्रजातान्त्रिक व्यवस्था उपयुक्त मान्ने हरूका लागि यो तरिका अति सुन्दर र शान्तिप्रिय लाग्न सक्छ किनकि सत्ता प्राप्तिको यो उपाएमा न त रगतको बलिदानको आवश्यक्ता पर्दछ न त भौतिक सम्पत्तिको । तर जनवादी राज्य व्यवस्था बिना जनताको आधारभूत आवश्यक्ता परिपूर्ति हुन सक्दैन र त्यसका लागि पुरानो राज्य व्यवस्थालाई ध्वंस गर्दै जनताको राज्य सत्ता प्राप्त गर्न बन्दुक नै अन्तिम विकल्प हो भनेर १२/१२ वर्षसम्म ससस्त्र संघर्ष गर्नेहरूका लागि यो अभ्यासबाट राज्य सत्ता प्राप्त गर्नु कति उचित वा अनुचित हो र कति राजनीतिक इमान्दारिता हो अध्यनको विषय त रहने नै छ ।
सत्ता कब्जा गर्न बन्दुक र अन्य हतियारहरूको नाल घुमाउनुभन्दा अलिकन दिमाग मात्रै घुमाउन सके सजिलै सत्ताको उच्च ओहोदामा पुग्न सकिदो रहेछ भन्ने अति सरल उपाए क.प्रचण्डले व्यवहारत:सबैकासामु छर्लङ्ग पारि दिएका छन् । हिजोसम्म आतंककारी भन्नेहरूलाई पनि सजिलै आफ्नो गुलाम बनाएर जय जयकार गराउन सक्ने खुबी यति सजिलै बन्दुकको नालबाट कहाँ सकिन्थ्यो होला र । तिकडम जालझेल र छिर्के दाउ लगाउन जान्ने हो भने सजिलै सम्भव हुन पुग्दो रहेछ ।
संसदीय व्यवस्थामा जनताको मतको कदर हुनु पर्ने सामान्य सिद्दान्त पनि फेल गराएर हिजोको वर्गीय दुस्मन भन्नेहरूलाई पनि आफ्नो बसमा पारेर देश र जनताको बागडोर सम्हाल्ने कुरा सानो दिमागी खेलबाट अवश्य सम्भव हुदैनथ्यो जुन कुरा प्रचण्डले गरेर देखाई दिएका पनि छन् । संसदीय व्यवस्था नै असल र संसारको उपयुक्त प्रजातान्त्रिक व्यवस्था हो भन्नेहरूको लागि यो एउटा गतिलो झापड पनि हो ।
राजनीति भनेको निस्वार्थ भावले देश र जनताको लागि गरिने उच्च प्रकारको सेवा हो । नैतिकता र इमान्स्दरिताको धरातलमा टेकेर जीवनसम्म गरिने सेवा धर्म कमाउने नाममा मठ मन्दिरको अगाडि भक्तजनको सुबिधाको लागि आफूलाई मन पर्दासम्म राखिने एक घैला पानीको भाडो जस्तो पक्कै पनि हुन सक्दैन ।
जिम्मेवारी बहन गरेर देश र जनताको खातिर गरिने निस्वार्थ भावको यो सेवामा स्वार्थ भनेको केवल देश र जनता मात्र हुन्छ । कर्मयोध्दा भएर आफ्नो जीवन उत्सर्ग गर्न पाउने यो पवित्र कामको मौका जो कोहीलाई सधैं यसरी प्राप्त हुन पनि सक्दैन । जुन मौका क. प्रचण्डले फेरि पनि प्राप्त गर्न सफल भएका छन् ।
राजनीति यात्राको यो दौडानमा नेपालको इतिहासमा क.प्रचण्ड मात्र एक्लो पात्र अवश्य पनि होइनन । यसरी आफ्नो यात्राको उच्च बिन्दुमा पुग्ने मौका अरु थुप्रै राजनीतिक हस्तीहरूले पाएर गइसकेका छन् र भविष्यमा अरु थुप्रैले पाउन सक्ने छन् । राजनीति यात्राको यो उच्च बिन्दुमा पुग्न सबैले सोचे जस्तो त्यति सजिलै रहर गरेर वा डाहा गरेर पुगिने ठाउ पनि होइन । फरक केवल के मात्र हो भने जीवनभर गरिएको संघर्षबाट प्राप्त यो मौकामा इमान्दार भएर आफूले के कति गर्न सकियो भन्ने मात्र हो ।
 क. प्रचण्डको सपना पनि अरु थुप्रै राजनीतिक नेताको जस्तै पक्कै पनि छ र हुनु पनि पर्छ । बिगतको ससस्त्र द्वन्दबाट थाकेर विभिन्न बहाना बाजी देखाउदै आफैले गलत भनेको संसदीय बाटोबाट सत्ता कब्जा गर्ने मौका बिगतमा पाइरहदा असफल भएको तिती यथार्थ हुदा हुदै पनि विभिन्न राजनीतिक तिकडम गरेर पुन सत्तामा आउनुको अरु जे सुकै भित्रि स्वार्थ र रहस्य भए पनि बिगतमा आफूले मौकाको सदुपयोग गर्न नपाएको हिनताबोध भने पक्कै हो ।
क. प्रचण्डका समय समयमा व्यक्त अभिव्यक्तिले पनि त्यही छनक दिने गरेको छन । त्यसैले पनि राजनीतिका सबै नैतिकताको घेरा तोडेरै भए पनि सत्ताको नेतृत्वदायी भूमिकामा आसिन हुन पुगेका छन् ।
यो बेलामा प्रचण्डले पुन: सत्ताको बागडोर सम्हालिरहादा बिगतको १२ वर्षे ससस्त्र द्वन्दक सबै घटनाहरू क. प्रचण्डको पदीय सिंहासनको वरिपरि मडारिरहने छन् । द्वन्दबाट पीडित् आफ्ना लडाकु कार्यकर्ताहरू, अनायासै द्वन्दका चपेटामा परेर घर परिवार गुमाएका सर्वसाधारण जनताहरूका चित्कारहरू आफू बस्ने कोठाभरी गुन्जिरहने छन् ।
यतिबेला त्यसमाथि थप सारा नेपालीहरूका आकांक्षा पूर्व प्रधानमन्त्री के पी वालिका देश र जनताको लागि भनेर उठाएका महत्वाकांक्षा, राष्ट्रिय भावका थुप्रै जल्दा बल्दा एजेन्डाहरूका खातहरूले प्रचण्डको कार्यालय परिसर घेरिएको हुनेछ ।
सत्ता साझेदारको कमजोर धरातलमा टेकेर सिंहदरबार पुगेका प्रचण्डका काधमा देखिएको यो जिम्मेवारीको भारीले आफैलाई थिचेर कहिल्लै उठ्न नसक्ने गरी पछार्ने हो वा त्यसलाई सहजै पार लगाउन सक्ने हो त्यो स्वएँ आफूले गर्न सक्ने हिम्मत र आटमा निर्भर रहने कुरा भयो ।
नेपाली जनताहरूले केवल आस र भरोसा मात्र गर्न सक्दछन । असफलताको विभिन्न बहानाबाजी पक्कै पनि स्वीकार गर्ने छैनन् । बन्दुकको नालबाट सत्ता जितेर एकलौटी रुपमा सासन सत्ता संचालन गरेको सपना देखे जस्तो सजिलो हुने छैन । संसदीय खेल खेल्न सिक भनेर म्यान्डेट दिएका नेपाली जनताहरूलेअसफलताको विभिन्न बहाना बाजी स्वीकार गरेर अब पनि माफी दिने छैनन् । जानकार हुनु पर्छ दिमागी खेल खेलेर प्राप्त भएको सत्ताको यो बागडोर स्थायी हुदै होइन र हुन पनि सक्दैन । यही भन्छ संसदीय अभ्यासले यो पक्कै पनि क. प्रचण्डले आत्मसाथ गरेको हुनु पर्छ ।
 क.प्रचण्डको इतिहासको बारेमा कसैलाई पढाइ राख्नु पर्ने, कसैलाई बुझाई राख्नु पर्ने अध्याय नै होइन । उनकै नेतृत्वमा संचालन भएको १२ वर्षे ससस्त्र द्वन्दबाट उठेको पार्टी संगठनको पिरामिड अहिले कहाँ छ कसरी चलेको छ सबै नेपालीलाई जगजाहेर नै छ । कहीं कतै झिनो रहर र आसा स्वएँ प्रचण्डलाई भए जस्तै केही नेपालीहरूलाई भएको के मात्र हो भने- संसदीय अनुभव बिनाको बिगतको कार्यकाल जस्तो यो कार्यकाल नहोला कि भन्ने मात्र हो ।
हो यो यथार्थ पनि हो र मनको कतै कुनामा थोरै आसाको दियो धिपिधिपी भएर बालेर रहेको सत्य पनि हो । बिगतमा भएका गल्ती कमजोरीबाट केही पाठ सिकेर ढलेर सकिने लागेको पार्टीको पिरामीडलाई फेरि उठाउन सके भने इतिहासले लगाएका काला धब्बाहरू मेट्ने सुनौलो मौका पनि हो । तर त्यसो हुने सम्भावना धेरै कम देखिएको छ ।
जुनसुकै सिध्दान्त बोकेको नेता आए पनि नेपाली जनतालाई चाहिएको विकास हो । शान्ति र समानताको नेपाल हो । मानिसले जति ठुला ठुला दर्शन क्रान्ति र संघर्सका कुरा गरे पनि परिणाम आफ्नै पालामा भएको देख्न र भोग्न चाहदा रहेछन । पार्टी सिद्दान्त र दर्शन बुझेका कार्यकर्ताले त आफ्नै कार्यकालमा यसको उपभोग गर्न खोज्दछन भने सामान्य जनताले नचाहने कुरै भएन ।
त्यसैले पनि होला भविष्यको लामो र कहिल्लै नटुंगिने समयलाई धैर्यतामा नपर्खी तत्कालको आन्दोलन संघर्षमा आफूलाई समाहित गर्न पुग्दछन । १२ वर्षे ससस्त्र संघर्स पनि त्यही थियो । त्यसैले नै जसरी हतारमा त्यसको उठान भएको थियो बैठान पनि त्यसरी नै हुन गएको यथार्थ थियो । त्यही असफल युद्धका नायकलाई हाम्रो देशले अहिले नेतृत्वमा बहाली गरेको छ । उनै नायकको नेतृत्वबाट हामी नेपालीले त्यति ठुलो भरोसा कसरी गर्न सकौला र ? तर आस भने गर्ने पर्ने हुन्छ l जुन हाम्रो बाध्यता पनि हो ।
एउटा सफल राष्ट्र बन्न नैतिकवान र दूरदृष्टिकोण भएको राजनेताको आवश्यकता हुदो रहेछ । समय कालखण्डले हाम्रो नेपालको इतिहासमा थुप्रै नेताहरूलाई उत्पादन गर्ने गरेको छ तर साच्चिको राजनेता भएर कसैलाई ल्याउन सकेको छैन । एकाध औलामा गन्न सकिने नेताहरू जो जन्मिए ती सत्तामा गएर लामो समय टिक्न सकेनन ।
पछिल्लो उदाहरणमा के पी ओली भएर गएका छन् । यतिबेला क.प्रचण्डको सत्ता प्राप्ति कुनै राजनीतिक उदेश्यले पनि होइन र देश र जनताको लागि केही गरेर सफल राजनेता बन्ने लक्ष पनि होइन । निवर्तमान सरकारले गर्न खोजेका असल कामको लोकप्रियताबाट अत्तलिएर छिर्के दाउबाट प्राप्त यो नेतृत्व अन्तत्वगत्वा नेपालो कांग्रेस र मधेशी मोर्चाले खनेको खाल्डोमा गएर कहिल्लै नउठ्ने गरी पछारिने छ भन्ने कुरा घाम जत्तिकै छर्लंग छ ।
तर पनि आसा के गर्न सकिन्छ भने पटक पटक आफैले गरेको गल्तीको महसुस आफै गर्ने प्रचण्डको बानीले अबका दिनमा सुधार गर्ने मौका भने अवश्य मिल्ने छ । यो नै संघर्षको एउटा सुन्दर पक्ष पनि हो । त्यसका लागि तमसुकमा भाका राखेर सत्तामा पुगेका प्रचण्डले धेरै ठुला ठुला काम गर्नु पर्ने पर्ने छैन ।
निवर्तमान प्रधानमन्त्री के पी ओलीको सरकारले उठाएका एजेन्डा र विकासका कामलाई राजनीतिक प्रतिसोधबाट माथि उठेर निरन्तरता दिदै शान्ति प्रकृयाका बाँकी कामको समाप्ति र बिगतमा आफैले भत्काएका पुराना राज्य सत्ताका भौतिक संरचना लगायत भूकम्पबाट प्रभावित भौतिक संरचनाको पुनर निर्माण, प्राकृतिक दैवी प्रकोपबाट आक्रान्त नेपाली जनताहरूको नपुछिएका आँशु पुछ्ने कामका साथसाथै वर्षौसम्मको संघर्षबाट प्राप्त संविधानको कार्यान्वयन मात्र गर्न सके भने कमसेकम आगामी निर्बाचनमा जनताहरूसँग गएर आफू र आफ्नो पार्टीको लागि भोट माग्न डराउनु पर्ने अवस्था रहने थिएन ।
इतिहास केलाएर वर्तमानमा सिमल्न सके उज्यालो बिहानी त्यति टाढा हुने छैन अन्यथा आफ्नै अगाडिको परिदृश्यले आफैलाई तर्साएर सदाको लागि राजनीतिक सन्यास लिन बाध्य बनाउने छ ।
हरेक नेपालीले राम्रैसँग बुझेका छन् क.प्रचण्डको सत्ताकोबागडोरको अहिलेको नियति त्यति सफा र तरंगित हुने खालको छैन । निवर्तमान ओली सरकारले राखेका केही उच्च राजनीतिक दृष्टिकोण र देश विकासको दुरगामी एजेन्डाबाट अत्तालिएर बिदेशी शक्तिको आड भरोसामा खेलिएको यो राजनीतिक खेलको आयु तेतिबेलासम्म मात्र रहने छ जतिबेलासम्म उनी बिदेशी प्रभुको अगाडि नतमस्तक भएर रहिरहने छन् । तर पनि यतिबेलाको राजनीतिक परिस्थितिले सिर्जना गरेको यो अवस्थाको भार हामी नेपाली जनताले धेरैथोर बहन गर्न बाध्य हुनु पर्ने छ । आसा गरौ र कामना गरौ राजनीतिका चतुर खेलाडी वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको यथार्थको बोध गरेर आफ्नो बचे खुचेको इतिहासलाई कायम राख्ने छन् । शुभकामना !!!