२९ आश्विन २०८३, बिहिबार

प्रचण्डलाई खुल्ला पत्र

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_20160711_200215सम्माननीय प्रधानमन्त्री
प्रचण्ड ज्यु, नमस्कार

व्यक्तिगत रुपमा तपाईलाई देशको इतिहासमा दोस्रो पटक कम्युनिष्ट प्रधानमन्त्री वन्नसक्नुमा गर्व होला तर सारथिले छोडेका र भारतीयले गोडेका भरमा दोस्रो पटक देशको ३९ अौँ प्रधानमन्त्री हुँदा पहिलोपल्ट जसरी उत्साहित हुँदै बधाई भन्न नेपाली जनको मनले नमान्दो रहेछ।लैनचौर दूतावासमा लाईन वसेरै इमान डिपोजिट राखेर मन्त्री चयन परम्परा देशले नधान्दो भएछ । हिजो तपाईं नेतृत्वको माओवादी जनयुद्धको वाँकी कार्यभार पूरा गर्न अझै बन्दुकयुध्दको आवश्यकता देख्दै विप्लव र वैध वाहिरिँदा , वावुरामले अझैपनि जननिर्वाचित कार्यकारी नयाँशक्तिवाटै चाहिदिँदा ,तपाईंलाइ प्रधानमन्त्री बनाइ सिँहदरवारमा भित्राउन छिमेकीकोमा रत्यौली खेलेर प्रितिभोज दिदैँ छन ।

पहिलोपटक प्रधानमन्त्रीच्युत हुँदा नागरिक सर्वोच्चताको नाममा रोदनमिश्रित आन्दोलनमार्फत उद्घोष गर्दै वानेश्वरवाट अवको वार्ता ूसिधा दिल्लीसंगै ू गर्ने घोषणा गरेपछि नेपालका मामलामा विदेशी निर्देशनको खुलेआम स्वीकृति खोज्ने र पदमा पुग्न कलिलो गणतन्त्र प्रभुको पाउमा चढाउँदै संसदीय राजनितीलाई थप विकृत वनाउने पात्रको रुपमा तपाईं थपिनुभएकै हो।आज त्यहि सिको गरेर तराईका पार्टी भारतसंग सल्लाह गरेरै तराई आन्दोलन गर्छन।१२ वर्षे जनयुद्धमा आम नेपालीको सपनालाई तपाँईको भित्ते कार्यकारी नेपालको प्रथम राष्ट्रपतिको पदसंग जोड्दै भिड्न लगाइएको थियो।

हिजो भारतीय विस्तारवादको विरुद्ध सुरुङयुध्दको घोषणा गरि खनिएका सुरुङ अब तपाईको पदप्राप्तिको लागि प्रभुको आराधना र तिर्थाटन गर्ने उपयुक्त वाटो वने।भारतिय उत्पादन ल्याएर प्रधानमन्त्री उत्पादन गर्ने कारखाना वनाउने सहज मार्ग वनाउने र सरकार वनाउन र ढाल्न मात्र लाग्दा हिजो तपाईं प्रधानमन्त्री बन्दा रिसाउने भारत ,आज आफैले वनाउन पाउँदा दिल्लीले खुसियाली मनाउने गरि तपाँइको लोकप्रियता नेपालभन्दा वाइसौँ गुणासम्म विस्तार भएको छ तर उ वेला सुरुङ खन्ने दलित ,जनजाति ,मधेसी र आम सर्वाहाराको विचमै हार भएको छ।

नेपाललाई समृद्ध वनाउने नभई सिंगापुर र स्विजरल्याण्ड वनाउन भित्तामा राष्ट्रपति वन्दाका खुइलिएका वोर्डहरु अझै होलान तर प्रचण्डसँग आशाका कुनै त्यान्द्रो वाँकि छैन र त उवेला तोकिएको अमुल्य मुल्यको टाउको त्यति दाममै तिनिहरुसंगै साँट्न राजि हुनुभयो। सर्वाहाराको काँधमा चढेरै सामन्ती र विस्तारवादको काजी वनेर सर्वाहाराकै वर्गशत्रु वनिसक्नुभएका तपाँईवाट अवको कार्यकालवाट राख्न सकिने अपेक्षा के बाँकि छरु

हिजो हत्केलामा ज्यान राखेर लड्ने मान्छेहरुका जिन्दगी चेकसंग साँटिए र अरव भासिए । सहिद परिवार वेपत्ताका परिवार ,घाइते र अपाङ्गका जिन्दगी टाल्नै नसकिनेगरि फाटिए ,अब ढिला भए । अझैपनि तिनै जनताको मतवाट जित्ने र बलियो राजनितीक संस्कारको विकास गर्नसक्ने सामर्थ्य तपाँइसंग छरुछ भने आउनुश निभ्न लागेको दियोले ल अन्तमा धिपिक्क उज्यालो छाडेर जान्छ।

हिजो जनयुद्ध सुरु गर्दा तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारसामु तपाँइहरुले नै राखेको ४० वुँदे माग पूरा गरेर देखाउने सामर्थ्य देउवाकै समर्थनमा पुरा गरि भुकम्प ,नाकाबन्दी र आन्दोलनका पीडा भुलाउन ,परिवर्तनप्रतिका प्रतिबद्धतालाई साकार रुप दिने र अझैपनि जननिर्वाचित कार्यकारीको व्यवस्थाको पक्षलाइ पूरा गर्न सके नेपाली जनता त्यति कठोर पनि वन्नेछैनन वरु विगतका गल्तीलाई आत्मसमीक्षा गरेरै अगाडि जाने सुन्दर अवसर दिनेछन् जुन अवसर तपाईंको जिन्दगीमा वारम्वार आउने छैनन ।विगतका कमजोरि र अहंकारबाट सिकेर ,गल्ती सच्याउँदै इतिहास बनाउने सुवर्ण अबशर ,राष्ट,राष्ट्रिय स्वाभिमान र जनताको पक्षमा लाग्दै आम आरोप निष्तेज हुनेगरि काम गर्ने कार्यकाल यो बनोश शुभकामना १गल्तीमा गालि र राम्रो काममा तालिको समर्थन सदैब रहनेछ ।

तपाईंको शुभचिन्तक

– केशव प्रशाद पाण्डे