१९ कार्तिक २०८३, बिहिबार

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)संग पनि तीन बुँदे सहमति

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rukmini-chaudharyकाठमाडौं, २० साउन । कांग्रेस, माओवादी केन्द्र र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)वीच प्रधानमन्त्री निर्वाचन पूर्व तीन बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदान गर्नु अघि थारु आन्दोलनकारीका माग सम्बोधन गर्ने लिखित सहमति भएको हो ।

सहमति अनुसार थारु आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेको उपचार, पीडित परिवारलाई क्षतिपूर्ति, राजनीतिक मुद्दा फिर्ता तथा सीमाङ्कन र पहिचानको मुद्दालाई पूरा गर्ने लिखित सहमति भएको थरुहट मञ्चकी अध्यक्ष एवम् सांसद रुक्मिणी चौधरीले जानकारी दिनुभयो । सहमति भएसँगै चौधरीले प्रधानमन्त्री निर्वाचनमा दाहाललाई मतदान गर्नुभएको छ ।

तीन बुँदे सहमति पत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)का तर्फबाट अध्यक्ष एवम् सांसद रुक्मिणी चौधरी, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ ।