१९ कार्तिक २०८३, बिहिबार

अबैध मदिरा नियन्त्रणमा प्रहरी सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-madira

– भोबिन्द्र शाह

बाजुरा, १९ साउन । गाउँदेखि सदरमुकाम सम्म मदिरा सेवनले होहल्ला हुनुका साथै अशान्ति फैलिए पछि बाजुरामा प्रहरीले पछिल्लो समयमा अबैध घरेलु मदिरा नियन्त्रणमा सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले बडीमालिका नगरपालिका १२ का केही होटलहरुमा छापा हान्दा १५०लिटर अबैध घरेलु मदिरा बरामत गरेको जिल्ल प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक दलबहादुर बोगटीले बताएका छन । हाल सम्म प्रहरीको सक्रियतामा जिल्लाका बिभिन्न ठाउहरुबाट ३६सय ४० लिटर अबैध मदिरा बरामद गरी नष्ठ गरीएको प्रहरीले जनाएको छ । जिल्लामा खादयान्न अभाब रहदा रहदै पनि स्थानियहरुले खादयान्नको प्रयोग गरी मदिरा बनाइ बिक्रि बितरण गरीनु दुखद भएको नागरिक अगुवा शेर बहादुर शाहीले बताएका छन । जिल्लामा नियन्त्रण गरेको मदिराको हिसाब गर्दा करिब १६ सय क्न्टिल बराबरको चामल घरेलु मदिरामा मात्रै प्रयोग भउको पत्रकार अर्जुन शाहले बताएका छन । खाद्यान्न अभाब हुनुमा मदिरा पनि एक प्रमुख समस्याको रुपमा रहेको शाहले बताएका छन ।

मदिरा सेवनले घर परिवार र समाज दुबैमा असर परेकाले मदिरा नियन्त्रणमा स्थानियहरुले पनि सक्रियता देखाउनु पर्ने अनेरास्ववियु रापस सदस्य चेतन अयडीले बताएका छन । जिल्लामा पछिल्लो समयमा मदिराकै कारणले हुने कतिपय हिंसाका उजुरीहरुमा कमी आएको समेत प्रहरीले जनाएको छ ।