१ कार्तिक २०८३, शनिबार

शेर्पा किदुक दक्षिण कोरियामा शेर साङबो शेर्पाको उम्मेदवारी

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-shrpaकोरिया । नेपालबाट कोरिया आई बिभिन्न पेशा व्यबसायिक क्षेत्रमा कार्यरत शेर्पा समुदाय को शु:ख दुख मा साथ दिने उद्देश्यका साथ गठन गरिएको शेर्पा समुदायको संस्था शेर्पा किदुक दक्षिण कोरियाको  आगामी सेप्टेम्बर १६ तारिक छुसको दिन सउलमा अधिवेशन हुँने भएको छ।

बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म विषेश डान्स पार्टी पनी हुने भएको छ ।

शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो अधिवेशनमा वर्तमान दोलखा शेर्पा बिसी संम्पर्क मञ्चका अध्यक्ष सेर साङबो शेर्पाले उमेदवारी दिने भएका छन् ।

आफुले उमेदवारी दिनु को उद्देश्यवारे शेर्पा समाज लाई सक्रियरूपमा सामाजिक गतिबिधि गरि प्रभापकारी ढंगले संस्था लाई अघाडी बढाई समग्रमा अफ्नो समुदाय लगायत नेपाली को हित मा कार्य संचालन गर्ने महत्वपूर्ण कार्ययोजना रहेको हुनाले उमेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

यस्ता छन् शेर्पाका भावी कार्यायोजना:
(१)शेर्पा किदुक द.कोरियाको संस्थागत संरचना समय सपेक्षा परिमार्जन गरि शुधार गरिने ।
(२) नेपालीहरू बढ्दो कोरिया प्रवेश सँगै कम्पनीको बिभिन्ना समश्या को कारण कम्पनी परिवर्तन गर्दा काम छोडेर बस्ने शेल्टर को समश्या रहेको ले प्रवास मा शेर्पा आवस संचालन मा ल्याई नेपाली दाजू भाई दीदी बहिनी हरू लाई बस्ने सेवा सबिधा दिने।
(३) आपतकालीन राहात कोष स्थापना गर्ने।
(४)  अफ्नो भाषा धर्म साँस्कृतिकको संरक्षण तथा सम्बरदन गर्ने त्यस को निम्ती बिभिन्न सांस्कृतिक कार्यक्रम हरू गर्ने।
(५) संस्था को आर्थिक गतिबिधि चुस्त दुरुश्त        परर्दर्शिताका साथ कार्य संचालन गर्ने।
(६) कोरिया मा क्रियाशील सबै संघ संस्था संग हातेमालो गरी नेपाली समुदाय मा आईपर्ने बिभिन्न समश्याहरू मिलेर समाधान गर्ने।
(७) प्रवाशी मजदुर को हक अधिकार को लागी  मजदुर यूनियन mtu को हरेक आन्दोलन मा एक्यबदत जनाउदै सहभागी हुने।
(८)  वर्तमान नेपालको संबिधानले मुलुक भित्र रहेको आदिवाशी जनजाति हरू को हक  अधिकार पूरा सुनिश्चित नगरिएको र आदिवाशी जनजाति हरुको माग र आंदोलन माथि सरकारले बल प्रयोग गरी दमन गरी आन्दोलन मत्थर पार्ने बिभेतकारी निति लिएको हुनाले आदिवाशी जनजाति माह-संघ द.कोरिया मा आवद भई मुलुक भित्र रहेको आदिवाशी जन जातिले गर्ने जुन सुकै आन्दोलन लाई एक्यवादत जनाउने साथै आवश्यक पर्ने आर्थिक नैतिक समर्थन गर्ने।
(९)  नेपाल मा रहेको आर्थिक स्थिति कमजोर भएको शेर्पा समुदायमा विशेष महिला तथा बेरोजगार युवा हरु लाई नेपाल शेर्पा संघ संग समन्वय गरी सीपमूलक तालीम दिई क्षमता अभिबृद्धि गर्ने ।
(१०)आर्थिक स्थिति कमजोर भएको शेर्पा समुदाय को वालबलिका हरु को स्वाथ्य शिक्षा मा सक्दो आर्थिक सहयोग गर्ने।
(११) आर्थिक आर्थिक स्थिति कमजोर भएको लोप उन्मुख जात जाती को वालबलिका हरु को स्वास्थ्य शिक्षा को लागि आर्थिक सहयोग गर्ने।
(१२) आर्थिक बिपन्न वर्ग समुदाय जो कोही लाई आर्थिक अभाप को भएको बिरामिलाई उपचार मा सक्दो आर्थिक सहयोग गर्ने बताउनु भयो ।