१९ कार्तिक २०८३, बिहिबार

गलत गर्ने प्रहरी जवानदेखि अधिकृत सबै कारवाहीमा पर्छन– एसपी सिंह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dheeraj-pratap-singh-spघोराही, १९ साउन । दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिहले प्रहरीको पेशा, मर्यादा र आचरण विपरीत जाने प्रहरीलाई कारवाही गरेर छाड्ने चेतावनी दिनु भएको छ ।

अवैध तरिकाले म्यानपावर चलाएको आरोपमा केहि व्यवसायीहरुलाई दाङ प्रहरीले पक्राउ गर्दै मोवाइल घुस लिदै छोड्दै गरेको खुलासा भएपछि उहाको यस्तो भनाई सार्वजनिक भएको हो ।

एसपी सिहले अवैध म्यान पावर ब्यवसायिलाई पक्राउ गरेर कानुनी कारवाही गरीरहेको समयमा प्रहरीभित्रैवाट यस्ता खालका गतिविधि भएको कुरा सञ्चारमाध्यममा सुन्दा आफुलाई ज्यादै दुःख लागेको बताउनुभयो ।

केही समय पहिले अवैध तरिकाले म्यान पावर चलाएको आरोपमा पक्राउ परेका ब्यवसायी र प्रहरीलाई जोडेर आएका कुराहरुका वारेमा धेरै कुरा थाहा नभएपनि केही कुरा वारेमा आफु जानकार रहेको स्वीकार गर्नुभयो ।

प्रहरी लाइन वाहिर जाने जोकोहीलाई कारवाही गरेर देखाइदिने भन्दै उहाँले यस विषयमा आफ्नोतर्फवाट अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो ।

यदि कोही कसैले सम्बन्धित प्रहरी जवानदेखि अधिकृत विरुद्ध घुस लिएको विषयमा प्रमाणसहीत आएमा आफुले प्रहरी जवान वा प्रहरी अधिकृतलाई प्रचलित कानुन वमोजिम कानुनी दायरामा ल्याउने उल्लेख गर्नुभयो ।

अवैधरुपमा म्यानपावर कम्पनिले खोलेर मानिसहरुलाई विदेश पठाउदै आएका सञ्चालकहरु माथिको कारवाही गर्ने अभियान जारी रहेको र फरार रहेका म्यानपावर सञ्चालकको खोजि कार्यलाई विशेष प्रहरी टोलि परीचालन गरेको बताउनुभयो ।

अहिले ८ जना म्यान पावर ब्यवसायी फरार रहेको जनाउदै उहाले खोजी कार्यका लागि सहयोग गरीदिन र आवश्यक सुचना दिन सर्वसाधारणलाई अनुरोधसमेत गर्नुभयो ।