१९ कार्तिक २०८३, बिहिबार

महान्यायाधिवक्ता फुँयालद्वारा राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hari-puhyal

काठमाडौँ, १९ साउन । महान्यायाधिवक्ता तथा सरकारको कानुनी सल्लाहकार हरि फुयालले आज महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ ।

महान्यायाधिवक्ता फुयालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएर आएको राससलाई जानकारी दिनुभयो ।

उहाँले बिहीबारदेखि लागू हुनेगरी राजीनामा दिनुभएको छ । महान्यायाधीवक्ता फुयाल गत वैशाख ६ गते महान्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो ।

सरकार परिर्वतन हुँदा कानुनी सल्लाहकार पनि परिर्वतन हुने प्रचलन अनुसार उहाँले आज राजीनामा दिनुभएको हो । रासस