१९ कार्तिक २०८३, बिहिबार

प्रहरी महानिरीक्षक अर्यालयबाट निरीक्षण तथा निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-aryal

काठमाडौँ, १९ साउन । प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले मंगलबार लागू औषध नियन्त्रण व्यूरोको निरीक्षण गर्नुको साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपालमा बढ्दो लागु औषध अपराध नियन्त्रणमा सिमित श्रोत साधनका बाबजुद पनि ब्यूरोले निभाएको भूमिकाको प्रशंसा गर्नुहुंदै लागु औषध नियन्त्रण ब्यूरोलाई आगामी दिनमा थप श्रोत साधन सम्पन्न बनाउने तथा ब्यूरोमा कार्यरत कर्मचारीहरुलाई बृद्धि बिकासका अवसरहरू प्रदान गरी कर्मचारीको मनोबल उच्च राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

लागु औषध एक संगठित एवं मानवता बिरुद्धको संघीन अपराध भएकोले लागु औषध अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने कार्यमा कुनै कसर बाँकी नराख्न ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिनुहुदै लागु औषध नियन्त्रण ब्यूरोले लागु औषध अपराध नियन्त्रणको क्षेत्रमा आगामी दिनमा अझ बढी क्रियाशिल भई थप प्रभावकारीरुपमा कार्य सम्पादन गनु पर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञान राज शर्मा समेतको उपस्थिती रहेको थियो ।