१९ कार्तिक २०८३, बिहिबार

संसद्को चहलपहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १९ साउन । व्यवस्थापिका–संसद्ले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)का अध्यक्ष एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित हुने निश्चित प्रायः भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राजनीतिक दलका कार्यकर्ता, सञ्चारकर्मी र सर्वसाधरणको ठूलो भीड लागेको छ ।

आज बिहान ११ बजेका लागि निर्धारण भएको संसद् बैठक अहिलेसम्म प्रारम्भ भएको छैन तर प्रधानमन्त्री चयन प्रक्रिया अवलोकन गर्न दर्शकदीर्घामा सर्वसाधारणको बाक्लो उपस्थिति छ । ४०० सीट क्षमताको दर्शकदीर्घाका सबै भरिएका छन् ।

संसद्का दुईवटा सञ्चार केन्द्र (मिडिया सेन्टर) र पत्रकार कक्ष पनि सञ्चारकर्मीले भरिभराउ भएको छ भने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका छविकार पनि ब्यग्रताका साथ क्यामरा तेस्र्याएर सम्मेलन केन्द्रमा एकत्रित भएका छन् ।

नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, रेडियो नेपाललगायत विद्युतीय सञ्चारमाध्यमले प्रधानमन्त्री निर्वाचनका प्रत्यक्ष प्रसाण गर्न डटेर लागेका छन् । रासस