– मोहन पौडेल
परासी १९ साउन । नागरिक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले थालेको आमरण अनसन आज तेस्रो दिन पनि जारी छ ।
अनसन प्रति समर्थन र ऐक्वद्धता जनाउने क्रम बढ्दै गएको छ भने उपाध्यायको स्वास्थ्य विग्रदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता जनाईरहेका छन् । ३ करोड घाटा लाग्ने गरि जिल्ला विकास समिति नवलपरासीले नदीजन्य पदार्थको जिल्ला निकासी ठेक्का लगाएकोेले सो ठेक्का बदर हुनुपर्ने तथा सो ठेक्कामा भएको अनियमितता बारे आम नागरिकलाई जानकारी गराउने उद्धेश्यले माईकीङ गरिरहेका बेला आफुँ माथि आक्रमण गर्ने आक्रमणकारीलाई कारवाहिका लागि जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दर्ता गर्नुपर्ने माग गर्दै अध्यक्ष उपाध्याय साउन १७ गते देखि जिल्ला प्रसासन कार्यालय परासीकै अगाडि आमरण अनसनमा वस्नुभएको छ।
उपाध्यायलाई गत साउन ११ गते जिल्ला प्रसासन कार्यालयकै अगाडि स्थानीय दिपु अग्रहरी, सर्वेश जयसवाल, दुर्गा गुरुङको समहुले सांघतीक हमला गरि उहाँको साथमा रहेको मोवाईल, नगद तथा कागजपत्र लुटेका थिए भने माईकीङका लागि प्रयोग भएको जिप पनि तोडफोड भएको थियो । उनिहरुको नाममा किटानी जाहेरी दिदाँ पनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले जाहेरी दर्ता गरेको छैन । राजनितिक दवावमा परेर नवलपरासीका एसपि राजेन्द्र चौधरीले जाहेरी दर्ता नगरि अपराधिलाई छाड्न खोजेको उपाध्यायको आरोप छ ।
दुइ माग मध्य एक पुरा
यसैविच जिल्ला विकास समिति नवलपरासीले जिल्ला निकासीको ठेक्का बदर गरेको छ । गत वर्ष चार करोड २५ लाखमा स्वीकृत भएको ठेक्का यस वर्ष एक करोड ३१ लाखमा मात्रै स्वीकृत भएपछि नागरिक समाज सहित चौतर्फि विरोध भएको थियो । विवादले उग्ररुप लिएपछि र नागरिक समाजका अध्यक्ष आमरण अनसनमै वसेपछि जिविसले बाध्य भएर ठेक्का बदर गरेको बताईएको छ । मापदण्ड र प्रक्रिया पुराएर ठेक्का आह्रवान गरेपनि विवाद बढेपछि थप जटिल अवस्था नआओस भनेर ठेक्का बदर गरिएको स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताउनुभएको छ ।
यता अनसनरत उपाध्यायले एउटा माग पुरा भएपनि आफुँ माथि आक्रमण गर्ने विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेसम्म अनसन नतोड्ने बताउनुभएको छ । उपाध्यायले थालेको अनसन प्रति समर्थन जनाउन स्थानीय संघ संस्था, नागरिक अगुवा, समाजसेवि, बुद्धिजिवि लगायत सर्वसाधरणको भिड लाग्ने गरेको छ ।













प्रतिक्रिया