१९ कार्तिक २०८३, बिहिबार

सुजातालाई मन्त्री बनाउन कांग्रेसमा कार्यकर्ताको दबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata Pariyarकाठमाडौं, १९ साउन । लामो समयदेखि नेपाली राजनीतिमा अग्रणी भूमिका निर्भाह गर्दै आउनु भएकी नेपाली कांग्रेसको संसद तथा केन्द्रीय सदस्य सुजाता परियार आफैमा एक निडर, इमान्दार र जुझारु नेतृको रुपमा चिनिनु हुन्छ ।

०४५ सालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गर्नुभएकी सुजाता परियार कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आउनुभएकोछ ।

इलामदेखि राजनीतिक यात्रा सुरु गर्नुभएकी सुजाता परियार सभासद र १२ औ महाधिवेशनबाट अत्याधिक मत हासिल गरी केन्द्रिय सदस्यमा विजय हुनु भएको थियो ।

दलित आन्दोलनभित्र निकै सक्रिय भूमिका निर्वाह गदै आउनु भएकी परियार नेपाली कांग्रेसभित्र युवा महिला, निडर र बौद्दिक छविकी नेतृको रुपमा चिनिनु हुन्छ ।

दलित समुदायबाट कांग्रेस भित्र दलित महिलाबाट परियार पहिलो केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

कांग्रेसको १३औँ महाधिवेशन बाट पनि उहा अत्याधिक बहुमतले नेपाली कांग्रेशको केन्द्रीय सदस्यमा निर्बाचित हुनु भएको छ ।

दलित तथा महिला हकहितको लागि र नेपाली कांगेसभित्रको गुटबन्दी बिरुद्द र समाबेशीको लागि पनि अब बन्ने मन्त्रिमण्डलमा नेतृ सुजाता परियारलार्इ मन्त्री दिनु पर्ने पार्टी भित्र अहिले बहसको बिषय बनेको छ ।

दलित आरक्षण महिलाबाट नेतृ सुजाता परियार केन्द्रीय सदस्य र संसद भएकोले पनि मन्त्री पदका लागि सक्षम रहेको हुँदा उहाँको बिषयमा पार्टीभित्र अनि बाहिर कार्यकर्ता बीच पनि निकै चर्चामा बिषय बनेको छ ।