१ कार्तिक २०८३, शनिबार

बार्सिलोना क्षेत्रमा समाजसेवी दिपक खरेललाई पर्यटन दूतमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-kharelस्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समयदेखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त गरेको छ ।

काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्षदेखि बार्सिलोना बस्दै आएका छन् । गैर आबासिय नेपाली संघ स्पेनको संस्थापक हुँदै आईसीसी सदस्य समेत भैसकेका खरेललाई नेपालमा पर्यटन प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले खरेललाई गत जुलाई ११, २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो ।

स्पेनको बार्सिलोना क्षेत्रको लागि खरेललाई उक्त पदमा नियुक्त गरेको हो । स्पेनबाट पर्यटन दूतमा नियुक्ति हुने खरेल पहिलो व्यक्ति हुन् ।

नेपाल पर्यटन बोर्डले नियुक्ति गरेकोमा खरेलले सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कटिबद्ध रहेको बताएका छन् ।

पर्यटन दूतमा नियुक्त भएपछि आफू निकै उत्साहित भएको र आफूले गर्ने कुनै कर्तब्यमा आफू नचुक्ने र पछि नहट्ने बताए ।

बिजय शर्मा दर्पणबाट ।