कतार । गुल्मी सेवा समाज कतारको प्रतिवद्दता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मुल नाराका साथ कतारमा सक्रिय रुपमा रहेको गुल्मी सेवा समाज कतारको छैठौ साधारण सभा सम्पन्न भएको छ ।
शिव खड्काको सभापतित्व तथा नेपाली राजदूतावास कतारका श्रम सहचारी नरेन्द्रराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा गैर आवासीय नेपाल संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य बिनोद भट्टराई, गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामाङ, नेपाल प्रवासी जनजाती महासंघ कतारका मिलन भुजेल, कतार नेपाली एकता समाजका अध्यक्ष लुमकान्त पुन, नेपाली जनसम्पर्क समितिका सचिवालय सदस्य अबु बकर अलि, नेपाली जनप्रगतिशील मंचका महासचिव जय बी. राई, प्रवासी नेपाली मंचका प्रमुख सल्लाहकार दिल किरण खजुम, समाजसेवी तथा व्यवसायी माया केसी नेपाल मगर संघ शाखा कतारका महासचिव बिजय कुमार मगर लगायत बिशेष अतिथि रहेका थिए ।
रोजगारीको सिलसीलामा कतारमा कार्यरत गुल्मेली तथा प्रवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको उल्लेख्य उपस्थितले कार्यक्रमको सभाहल खचाखच भरिएको थियो ।
४ लाख भन्दाबढी नेपाली रहेको कतारमा गुल्मेलीको पनि कमी छैन । सामाजिक भावना भएका गुल्मेलीहरु कार्यकमलाई सफल बनाउन बिभिन्न कोणबाट सहयोग गरिरहेका थिए ।
















प्रतिक्रिया