११ कार्तिक २०८३, बुधबार

यी हुन् जसले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई टक्कर दिँदैछन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SUBASH-CHANDRA-NEMBANG-01-5-660x330काठमाडौं, १८ साउन । विपक्षमा बस्ने तयारीमा रहेको एमालेले संसदमा हुने प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने भएको छ ।

उम्मेदवार कसलाई बनाउने भन्ने अन्तिम निर्णय भने पार्टीले मंगलबार नै गर्ने तयारी गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

संसदमा मंगलबार प्रधानमन्त्री निर्वाचनका लागि मनोनयन गर्ने कार्यक्रम छ ।

‘पार्टीले प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने निश्चित हो’, कानुनमन्त्री समेत रहेका एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले भने, ‘कसले उम्मेदवारी दिने भन्नेचाहिँ टुंगिइसकेको छैन ।’

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उम्मेदवारीको विषयमा पार्टी स्थायी समिति र संसदीय दलको औपचारिक बैठक सोमबारसम्म बोलाएका छैनन् ।

तर शीर्ष नेताहरूसँग अनौपचारिक परामर्श भने गरिरहेका छन् । मंगलबार उम्मेदवारी दिनुअघि पार्टीले औपचारिक निर्णय गर्ने सम्भावना छ ।

प्रधानमन्त्रीको उम्मेदवारका रूपमा पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने सम्भावना प्रबल छ ।

संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओली र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपालले उम्मेदवारी नदिने भएपछि अन्य दुई जना नेताको नाम एमालेभित्र उम्मेदवारका लागि चर्चामा आएको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई ओलीले अनौपचारिक रूपमा प्रस्ताव गरे पनि गौतमले संसदीय दलको नेता दिने भए मात्र उम्मेदवार बन्ने जवाफ दिएका छन् ।

गौतमलाई तत्काल संसदीय दलको नेता दिने सम्भावना छैन । संसदीय दलको नेता नपाउने अवस्थामा हार्ने चुनावमा मात्र उम्मेदवार बन्न गौतम इच्छुक छैनन् ।

त्यसैले ओली निकट नेम्वाङको सम्भावना बलियो छ । पार्टीको इज्जतसँग जोडिने भएकाले पनि प्रधानमन्त्रीको प्रतिस्पर्धामा उत्रिन सुहाउने खालको व्यक्तित्वलाई नै अघि सार्नुपर्ने भएकाले नेम्वाङको सम्भावना बलियो भएको हो ।