काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा लागेका बेला नेपाली कांग्रेसभित्रै गम्भिर विवाद देखिएको छ ।
सभापति शेरबहादुर देउवाले आफूलाई बाइपास गरी एकलौटी रुपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ति जनाएपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित बनेको पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै मंगलबार आफू पक्षधर केन्द्रीय सदस्यको भेला समेत बोलाएका छ ।
पटकपटक गरिएको आग्रह अस्वीकार गर्दै सभापति देउवा एक्लै हिडेपछि भेला बोलाउन बाध्य भएको पौडेल पक्षधरको भनाई छ ।
पौडेल पक्षधर नेताहरुले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ ।
सभापति देउवाको बूढानिलकण्ठस्थित निवासमै पुगेर पौडेल पक्षधरले धम्कीसहित बैठक बोलाउन सुझाव दिएका छन् ।
पौडेलसहित उनी पक्षधर नेताहरु सोमबार साँझ देउवा निवास पुगेका थिए ।
देउवा निवास जानुअघि पौडेल पक्षधर नेताहरुले अनामनगरस्थित सम्पर्क कार्यालयमा बैठक गरेका थिए ।
वैठकमा उनीहरुले पार्टी सभापतिलाई भेटेरै दबाब दिने निर्णय गरेका हुन् ।
सोही निर्णयअनुसार देउवा निवासमै पुगेर देउवालाई बैठक बोलाउन र अहिलेसम्मका सबै गल्ती सच्याउन पौडेल पक्षले भनेको हो ।















प्रतिक्रिया