११ कार्तिक २०८३, बुधबार

भारतविरुद्ध किन बोल्दैनन् मधेस केन्द्रित दलका नेता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhesi-morchaकाठमाडौं, १८ साउन । दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो ।

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका बासिन्दाले डुबान, कटान र पटान समस्या भोग्दै आएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

हिरमिनिया, साइगाउँ र साधापुरमा दसगजासँगै सटाएर भारतले बाँधजस्तो सडक बनाउँदा नेपाली भूमि डुबाउन हुने समस्या निम्त्याएको छ ।

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बाँध र सडक निर्माण गरेर नेपालको तराई क्षेत्रलाई डुबाउने नियत राखेको कुरा बाँकेका मधेसकेन्द्रीत दललाई राम्ररी थाहा छ ।

तर, उनीहरु भारतविरुद्ध खुलेर बोल्न चाहँदैनन् । मधेसी समुदायको हक अधिकारको कुरा गर्ने यी दलले भारतको बलजफ्ती विरुद्ध खुलेर नबोल्दा बाढी र डुवानपीडित आश्चर्यमा छन् ।

‘मधेसी दलले मधेसी जनताका हक अधिकारलाई देखावटी मुद्दा मात्रै बनाए, जसले हामीलाई वर्षौदेखि डुबाएर राखेको छ, उसका विरुद्ध कहिल्यै बोल्ने आँट गरेनन्, हिरमिनिया–४ का डुवानपीडित गुरुदिन यादवले भने ।

भारतीय बाँधविरुद्ध अहिलेसम्म मधेसवादी दलका नेता कसैले पनि बोलेको उनले सुनेका छैनन् ।