१९ कार्तिक २०८३, बिहिबार

नवलपरासी नागरिक समाजका अध्यक्ष उपाध्याय आमरण अनशनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shambhu-updhya

– मोहन पौडेल

परासी, १७ साउन । नागरिक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्याय आज देखि आमरण अनसनमा वस्नु भएको छ ।

जिल्ला विकास समिति नवलपरासीले नदीजन्य पदार्थको जिल्ला निकासीमा लगाएको ठेक्कामा करौँडौँ रकम अनियमितता गरिएको हुन सक्ने विषयमा छानविन हुनुपर्ने र आफुँ माथि दुव्र्यहार गर्ने माथि कारवाहिको माग गर्दै अध्यक्ष उपाध्याय आज देखि आमरण अनसनमा वस्नु भएको हो । जिल्ला प्रसासन कार्यालय अगाडि उहाँ आमरण अनसनमा वस्नुभएको छ ।

जिल्ला निकासीको ठेक्का लगाउदाँ तिन करोड जिल्लाको राजस्व घाटा लाग्ने गरि ठेक्का लगाएको विषयमा आम नागरिकले थाहा पाउनुपर्ने भन्दै गत साउन ११ गते माईकीङ गर्ने क्रममा नागरिक समाजका अध्यक्ष उपाध्याय माथि सांघतिक हमला भएको थियो ।

आफुँमाथि दुव्र्यहार गरेको भन्दै अध्यक्ष उपाध्यायले तिन जना युवाहरु विरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले जाहेरी दर्ता गरेको छैन भने घटनामा सम्लग्न रहेको भनिएका दिपु अग्रहरीलाई पनि प्रहरीले पक्राउ गरेर एकैदिनमा छाडेको थियो ।

कारवाहि गर्नुपर्ने व्यक्तिाई उल्टै छाडिनुले पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको समेत अनियमितता प्रकरणमा सहभागिता रहेको हुन सक्ने अध्यक्ष उपाध्यायको आरोप छ । प्रहरी र प्रसासनका प्रमुख एवँ दुव्र्यहार गर्ने युवाहरुलाई कारवाहि नभए सम्म आफनो अनसन जारी रहने उपाध्यायले बताउनुभएको छ ।