कोपनहेगन, डेनमार्क । गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौ युरोपियन क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
‘युरोपका नेपालीको अभियान–लगानी पुनःनिर्माण र पर्यटन’ भन्ने विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा ३०–३१ जुलाईसम्म आयोजित नवौं युरोपियन क्षेत्रीय बैठक आइतबार सम्पन्न भएको एनआरएन प्रवक्ता रञ्जु थापाले जानकारी दिनुभयो ।
डेनमार्कस्थित नेपाली दूतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका, महासंघका कार्यकारिणी समितिका सदस्य तथा अन्तर्राष्ट्रिय तथा एनआरएन लगानी प्रर्वद्धन समितिका सभापति चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी एवं २० देशबाट प्रतिनिधित्व गर्नुहुने ३ सय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न पाचौं युरोपियन क्षेत्रीय बैठकले व्यक्त विचारलाई समेटेको छ ।
नेपालमा लगानी प्रर्वद्धन गर्न गैरआवासीय नेपालीको निजीक्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघबीच आएको सहकार्यलाई बिस्तार गर्ने अभिप्राय स्वरुप, युरोपमा बस्ने नेपालीहरुले १ अर्ब बराबरको लगानी गर्ने निर्णय गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ युरोपियन क्षेत्रीय बैठकबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै घोषणा पत्र जारी भएको छ ।
















प्रतिक्रिया