१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा चार वर्षीय बालकलाई खोलाले बगायो, अस्पतालमा मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती नदीमा आएको बाढी ।
बागमती नदीमा आएको बाढी ।

काठमाडौं, १७ साउन । राजधानीमा एक बालकलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–३५ नरेफाँट बस्ने रामेछाप गाठेगाउँ–२ घर भएका केशव कठायतको ४ वर्षीय छोरा कुशल कठायतको खोलाले बगाएर मृत्यु भएको हो ।

आइतबार खेल्ने क्रममा खोलाले बगाएका बालकलाई ललितपुर बालकुमारी पुल नजिक स्थानियबासिन्दा र प्रहरीले उद्धार गरी बि एण्ड बि अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।