सानो उमेरमा धेरै पटक वुद्धिवंगरा आएर दाँत र मुख दुखेको धेरै भयो । वाल्यकालमा आमा वुवाले वुद्धि आउन लागेको भनेर धेरै पटक भन्नुभयो । तर अहिलेसम्म वुद्धि भने आएको छैन ।
सानो दाँत आउँदा दुखेर वुद्धि वंगरा आएपछि वुद्धि आउछ भनेर भनेता पनि अहिलेसम्म पनि त्यो वुद्धि नआउदा र पुन वुद्धि वंगरा आएर यो उमेरसम्म आईपुग्दा पनि जीवन भर नै दुखिरहँदा पनि वुद्धिवंगरा आएपद्धि वुद्धि आई जीवन सहज हुने त्राण ले नछोड्दा रहेछ । यहि त्राण र आश विचको अवस्था नै जीवन रहेछ । अझै पनि लगभग पचासी लाग्न लागेको वुवाले भनिरहनुहुन्छ, तेरो वुद्धि कहिल्यै आएन ।
जसको पर्खाईमा यी पलहरु वित्ने गर्दो रहेछ । साँगे खोलामा पौडी खेलेर जीवनका धेरै वाल्यकालहरु विते, यस वीचमा त्यो खोलामा पनि उथुलपुथल आयो । कहिले त्यो नदिले धार परिवर्तन गरेर यता वग्यो भने कहिले उता वग्यो । कहिले सयौ परिवारलाई विस्थापित गरयो भने कतिको ज्यान लियो । नजिकताको सयंममा वनेर यो सवै परिदृश्यलाई नियाल्दै आएता पनि जीवनमा खोलाको वहाव परिवर्तन सरि जीवनको परिवर्तनलाई आत्मासाथ गर्न नसक्दा उहि नैराश्यता, दुःखको जंजालमा घिस्रिरहयो ।
परिवर्तित सन्दर्भमा सांसरिक नियमको त्यो सहजतालाई वुझन नसक्दा त्यहि क्षणको नै अपेक्षामा जीवनका पलहरु घोत्लिन पुग्यो । वुद्धिवंगरा आउदाँको त्यो दुखाई निश्चित समय र अवधिका लागि भएता पनि वाल्यकालमा आमा वुवाले भनेजस्तो वुद्धि आउनुपर्ने मेरो जीवनमा भने कहिल्यै आएन ।
वर्षे पिप्छे र केहि वर्षको अन्तरालमा आउने यो वुद्धिवंगरा त केवल आत्मरति मात्र वनिरह्यो । आत्मरति मा जीउने वानी परेको हामी यहि अन्धविश्वासमा नै गुज्रिरहयौ । नकि यथार्थता मा । वाल्यकालको त्यो भ्रमले जीवनको महत्वपुर्ण चरण पार गर्दा समेत वुद्धि आएर सहजता हुने सोचाई र कल्पनामा कमि भने आएन । जीवन र मृत्यृ सरि चलायमान गति लाई आत्मासात गर्न नसक्दा त्यहि पीडाले दिएको अविश्रान्त क्षण नै अभिसाप वनिदियो ।
अशान्ति, अथाह पीडा, अभावको वीचमा अगाडी वढिरहेको जीवनको प्रत्येक पाईला चाल्दा खेरि प्रत्येक पाईलालाले सोधिरहयो । यो पाईला कहाँ र कसरी र के का लागि अगाडी वढ्दैछ । सायद यहि सोचाईले होला जीवन सधै परआश्रितको जगमा चलिरहेको आभास गरायो । खोलाको पानीसरि कहिल्यै पनि नफर्कने जीवनका यी पलहरुलाई उमेरको यो वढ्दो गतिसँगै झकझकाएको महशुश हुदोरहेछ । लाग्दछ, यहि सोचाई वाल्यकालमा किन आएन वा युवा अवस्थामा किन आएन, वा आएर पनि यसको अनुभुति गर्ने मस्तिक लाई तयार गराउन सकिएन । या त त्यो कठोर वाटो अथवा चुनौतीलाई सामना गर्ने हिम्मत भएन ।
समय देखि जति टाढा भागेता पनि आखिर भागेर जाने ठाँउ कतै पनि नहुने रहेछ । समयलाई छल्ने, ढाट्ने भनेको आत्मरति मात्र रहेछ, जुन सम्भव हुने रहेनछ । फरक यति मात्र हो कि व्यक्ति विशेषले कसरी हेरिहेको छ भन्ने कुरा मात्र । ईतिहासका पानाहरुमा जसको अमिट छाप रहिरयो रहिरहनेछ, ती मध्ये कसैको पनि दिनचर्या सहज थिएन, भएका का पनि संघर्ष र वलिदानी कम्तीका थिएन ।
पढ्नु र भोग्नु भनेको पयार्यवाची होईन रहेछ, जसको मेल कमै मात्र हुने रहेछ । यसको अन्तर्यमा नपुगी गरिने व्याख्या सान्र्दभिक नहुने रहेछ । सफल जीवन व्यतित गर्ने सोचमा आएको परिवर्तनले जीवनमा धन सम्पतिलाई मुल्यवान ठान्न कदापी सक्ने रहेनछ । सम्पतिको कुनै पनि सीमा र यसको पुर्णता नहुने सन्दर्भमा सम्पतिलाई नै जीवनको मुख्य अभिष्ट सम्झेर अगाडी वढ्न खोज्नु भनेको जीवनको अर्थ नवुझनु रहेछ । भौतिक सम्पतिको उपलव्धता भन्दा पनि सफल जीवन व्यतितलाई मुख्य विषय वनाईरहदाँ आईपर्ने विभिन्न प्रकारका अवरोध नै यसका सुन्दर पक्ष रहेछन् तथापी यहि अवरोध अथवा सुन्दर पक्षको सहज व्यवस्थापन हुन नसक्दा नै पलायन मुखी हुनुपर्ने रहेछ ।
जीवनलाई केवल सांसारिक निरन्तरताको पगरी गुथेर अगाडी वढनेहरुको भीड वाट अलग व्यवस्थापन, सोच र शैलीमा चलाउन खोज्नु भनेको स्वतः गाह्रो हुने नै भयो । यद्यापी संघर्षको यो मैदानमा रम्नु, यसैमा अडिनुको मजा पनि जीवनको उपहारको प्रत्याभुत हुने गरेको छ । अथाह सम्पति कमाउनु नै जीवनको अर्थ हो कि, समाजमा आफनो भुमिका स्थापित गराउनु, देश निर्माणमा सकारात्मक भुमिका वहन गर्नु, व्यक्तिको सोचाईमा फरक पर्ने विषय हरु हुन् । तर पनि जीवनमा समान्य अवस्थाको जीवन व्यतित गर्नका लागि असहज अवस्थाका सृजना भईरहदाँ अन्तर आत्मावाट प्रस्फुटित भावनाहरु गर्भमा नै मर्ने हुन् कि भन्ने चिन्ताले वारम्वार घचघचाईरहेको छ ।
विश्व परिवेशमा असंख्या जीवजन्तुहरुको आफनै भुमिका र विशेषता रहेको सन्दर्भमा त्यस भन्दा पृथक भुमिकाका लागि गरिने क्रियाकलाप हरु साँच्चै समाज र देशका लागि अनौठो हुने रहेछ । जसलाई पाच्य गराउन त्यति सहज हुने रहेनछ । त्यहि अलग विचारको द्धन्द्धलाई समाजमा स्थापित गर्नका लागि गरिने क्रिया निश्चय पनि अलौकिक र फरक स्वादमा रहने नै भयो । यहि सेरोफेरोमा सोच्दै जाँदा जीवन साच्चै काँडा वन्दा रहेछ, सवै सँग एक्लिन पर्ने रहेछ । समाजमा पागल र उदण्डका सामना गर्नु पर्ने रहेछ । तर पनि यो सवै असहज अवस्थालाई शुरुवात गर्नमा पनि विशेष आनन्द आउदो रहेछ ।
वारम्वार जीवन जीउने क्रममा आईपरेका समस्यालाई उचित व्यवस्थापन गर्न नसक्दा अझै पनि म मा वुद्धि नआएको त होईन भन्ने वारम्वार लागिरहयो । वुद्धिवंगरा आउने क्रम वाल्यकाल हुदै युवा अवस्थामा पनि दोहरिरहदा अझै पनि वुद्धिवंगरा सँगै वुद्धिको आगमन हुने र त्यसपछि जीवन सहज हुने आशाले भने जीवनमा सास रहदाँ सम्म रहिरहने भयो । यहि सोचमा ग्रसित मा लागि लागिरहेको छ, आम व्यक्ति हरु त यहि पेरिफेरिमा छ नै नाम नै वुद्धि हुनेहरुको जीवन शैली र सोच कस्तो होला ? भन्ने लागिरहेको छ र मन लागि रहेको छ वुद्धि नाम हुनेको विद्धताहरुको संगत, कतै उनिहरुको संगतले जीवन चंगा हुनेछ कि ?















प्रतिक्रिया