काठमाडौं, १७ साउन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू अबको सरकारमा जान कुनै दल वा समूहको सर्तले नरोकिने बताएका छन् ।
संघीय गठबन्धन संयोजक उपेन्द्र यादवलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पार्टीको सातौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै आइतबार गच्छदारले आफ्नो पार्टी राष्ट्रिय सहमतिको पक्षमा रहेकाले त्यसविपरीत हुने कुनै काम नगर्ने स्पष्ट पारे ।
‘संविधान कार्यान्वयनका लागि सहमतिको विकल्प छैन, कसैले कसैलाई निषेधको राजनीत नगरौं’, उनले भने, ‘सुन्दैछु उपेन्द्रजी मधेसी मोर्चाका माग सम्बोधन गर्ने हो भने अब बन्ने सकारले विजय गच्छदारलाई सरकारमा जान रोक्नु पर्ने भन्दै हुनुहुन्छ । यो गैरराजनीतिक सोच हो । मोर्चाले सक्छ भने राजनीतिक मागका आधारमा आफूलाइृ उम्याओस् ।’
उनले ‘मोर्चाले कुनै बेला उठाएको एक मधेस एक प्रदेशको माग अहिले कता हरायो ?’ भनि प्रश्नसमेत गरेका थिए ।















प्रतिक्रिया