१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस नेता सरकार परिवर्तनमा, सुजाता बाढी पीडितलाई राहत वितरणमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata

विराटनगर, १६ साउन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आज मोरङको गोविन्दपुर गाविसका बाढीपीडितलाई राहत वितरण गर्नुभएको छ ।

गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र भ्रातृ संस्था सामुदायिक कल्याण समाजको संयुक्त आयोजनामा २५० बाढीपीडितलाई प्रतिपरिवार १० किलो चामल र एक थान त्रिपाल वितरण गरिएको हो ।

गोविन्दपुरमा ४०० परिवार डुबानबाट पीडित भएकामा एक सय परिवार अझै पनि पूर्णरुपमा विस्थापित भई स्थानीय विद्यालय र आफन्तको घरमा आश्रय लिइरहेको बताइएको छ । रासस