१९ कार्तिक २०८३, बिहिबार

अनाथ बालबालिकालाई इजरायलबाट आर्थिक सहयोग

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadi-child

धनगढी, १६ साउन । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी पर्वतकी एक महिलाले एक छात्राबासका अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेकी छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा रहेकी पर्वत, कुश्मा नगरपालिका-१६, पिपलटारी बितलबकी दिया चापागाई तिवारीले अनाथ बालबालिकाको सहयोगका लागि धनगढीस्थित आमाको माया छात्रावासलाई आइतबार दश हजार रुपैयाँ प्रदान गरेकी हुन् ।

‘मातृभूमिका लागि पर्वत सेवा समाज, नेपाल’ इजरायल शाखाकी महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय सहसंयोजक चापागाईले आफ्ना छोरी नविना र नमुनाको सम्झनामा अनाथ बालबालिकाका लागि सहयोग गरेको बताइन ।

इजरालमा रहेकी चापागाईंले धनगढीका पत्रकार दीपक ओलीमार्फत पठाएको सो रकम आइतबार एक कार्यक्रमबीच सेती अञ्चल प्रहरी प्रमुख एसएसपी विनोद शर्मा घिमिरेले छात्रावास सञ्चालक समितिका अध्यक्ष देवबहादुर चौधरीलाई हस्तान्तरण गरे ।

dhangadi-child-1

‘विदेशमा दुःखकष्टपूर्वक रोजगार गरिरहेकी एकजना महिलाले असहाय बालबालिकाका लागि गरेको सहयोग प्रशंसनीय कार्य हो’, सो अवसरमा एसएसएपी घिमिरेले भने, ‘धन मात्रैले पुग्दैन, परोपकार कार्य गर्न मन पनि चाहिन्छ ।’

एसएसपी घिमिरेले दियाको सहयोगी भावनाबाट प्रभावित भएर आफूले सो रकममा दुई हजार थपेर छात्रावासलाई प्रदान गरेको बताए ।

कार्यक्रममा छात्रावास सञ्चालक समितिका अध्यक्ष चौधरीले भने- सात समुन्द्रपारीबाट पनि हाम्रो छात्रावासका बालबालिकालाई आर्थिक सहयोग गर्ने उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

सो छात्रावासमा २६ जना अनाथ बालबालिका रहेका छन् । अध्यक्ष चौधरीले मुठीदानबाट ती बालबालिकाको लालनपालन भइरहेको बताए ।