१ कार्तिक २०८३, आइतबार

माओवादी कार्यालयमा कार्यदलको बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-singdarbar-office

– विमल योगी

काठमाडौं, १६ साउन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चा सम्मिलत ९ सदस्यीय कार्यदलको बैठक सुरु भएको छ ।

आइतबार अपराह्न सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा नयाँ सरकार गठन, मधेसी मोर्चाका माग सम्बोधन, सरकारमा मोर्चाको सहभागिता लगायतका विषयमा छलफल भइरहेको छ ।

माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले मधेसी मोर्चाका माग पूरा गरी सरकारमा ल्याउने उद्देश्यसहित बैठकमा छलफल भइरहेको जानकारी दिए । उक्त कार्यदलले यिनै विषयमा राजनीतिक समझदारीका साथ साँझा प्रस्ताव तयार पारी शीर्ष नेतालाई बुझाउनेछ ।

कार्यदलमा कांग्रेसबाट तीन, माओवादी तीन र मोर्चाबाट तीन जना सदस्य रहेका छन् ।