१९ कार्तिक २०८३, बिहिबार

स्थानीय पुनःसंरचनामा सिँजा भेगलाई तीन गाँउपालिकामा विभाजन गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jumla_nepal-map

जुम्ला, १६ साउन । सरकारले स्थानीय निकाय पुुर्नसंरचनाको गृहकार्य थालिरहेको समयमा जुम्ला जिल्लाका सिजा भेगका स्थानीयबासीहरुले तीन गाउँपालिकामा विभाजनका लागि माग गरेका छन् ।

जिल्लाका २६ गाविस एक नगरपालिका मध्ये सिंजा भेगका ११ गाविसका अगुवा तथा नागरिकहरुको भेलाले ऐतिहासिंक सिंजा भेगलाई तीन गाँउपालिकाका स्थानीय पुर्नसंरचनाका लागि माग गरेका हुन् ।

सिजाभेगका स्थानीयबासी शिक्षक पुर्णप्रसाद धितालको संयोजकत्वमा गएको टोलीले ‘माथिल्लो सिंजा गाउँपालिका, मध्य सिंजा गाउँपालिका र तल्लो सिंजा गाउँपालिका’ हुनेगरी नामाकरण सहितको स्थानीय प्राविधिक समितिलाई २०७३ साउन १५ गते प्रस्ताव पेश गरेका छन् ।

यसैगरी सिंजाको तीन गाउँपालिका र नामाकरण विषयमा जिल्ला स्तरका राजनैतिकदलहरुलाई भेटी जानकारी समेत गराएका छन् ।

सिंजा भेगमा ११ गाविसमा जम्मा जनसंख्या ३५ हजार ७ सय ६२ रहेको छ । पुर्नसंरचना आयोगको कार्यविधिमा भने हिमाली जिल्लामा १५ हजार जनसंख्या बराबर एक गाउँपालिका र २० हजार जनसंख्या बराबर एक नगरपालिका रहने ब्यवस्था रहेको छ । तर सिंजावासीहरुले भौगोलिक विकटता, प्रशासनिक सुविधा, जनताको भावना, धार्मिक सांस्कृतिक र सिंजाबासीको एकताको आधारमा तीन गाउँपालिका हुनुपर्ने दावी गरेका छन् । यसैगरी जनगणना २०६८ अनुसार जनसंख्याको मापन गरिएकाले हाल ३ हजार जनसंख्या वृद्धि भएको उनिहरुको भनाई रहेको छ ।

सिंजावासीहरुले प्रस्ताव गरेका तीन गाउँपालिकामा माथिल्लो सिंजामा हालका ५ गाविसहरु बुम्रमाडीचौर, मालिकाबोता, कनकासुन्दरी, विराट र पाण्डपगुफा, मध्य सिंजामा धापा, नराकोट र शनिगाउँ र तल्लो सिंजा गाउँपालिकामा बड्की, कालिकाखेतु र महाबैपाथरखोला गाविस उल्लेख गरी प्राविधिक समितिलाई प्रस्ताव पेश गरिएको छ ।

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी राजेश पौडेलले सिमांकन र नामांकनको विषयमा कार्यविधिलाई टेकेर राजनैतिकदलहरु सँग समन्वय गरी स्थानीय स्तरवाट आएको सहमतिलाई जस्ताको तस्तै सिफारिस गरिने बताए ।

मानदत्त रावलबाट ।