२९ आश्विन २०८३, बिहिबार

अब लाखौँ देवनारायणहरु जन्मनुपर्छ !

11.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

devnaranyan

देशको लागि ठेक्का लिएकाहरुले हेक्का राख्दैनन् जब,
लूट र फुटमा देश अलमलिएको बेला,
भाइचारा र साम्प्रदायिकता खलबलिएको बेला,
चुल्हो बाल्न नपाई बेहाल बनाएको बेला,
दुष्ट छिमेकीले हाम्रै घर डुबाएर ताल बनाएको बेला,
मन्जुश्रीको जस्तो खुँडा र तरबार लिएर,
अब लाखौँ देवनारायणहरु जन्मनुपर्छ

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

अमरसिंहले खुकुरीले लडेर बचाएको देश,
बलभद्रले पानी नखाई मरेर बचाएको देश,
जब अभद्रहरुले आफ्नै पोल्टा भर्छन,
जब क्रुर सिंहहरु मालिकको अगाडि लम्पसार पर्छन्,
तब राष्ट्रियताको निम्ति, क्रुर सिंहहरुलाई सबक़ दिन,
आमाको ईज्जत लुटेर उत्सव गर्नेहरु बिरुद्ध,
बलभद्र र अमरसिंहको रगतको ईज्जतका लागि,
उग्रचण्डी, काली र सतीहरुको कोखबाट,
अब लाखौँ देवनारायणहरु जन्मनुपर्छ ।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

रंग रंगमा बिभेदहरु बढिरहेको बेला,
मान्छेले मान्छेलाई नै मान्छे नगनेको बेला,
चर्ममा चरम भेद र श्रममा घृणा बढिरहेको बेला,
भ्रातृत्वको नयाँ आयामको शुरुवात गर्न,
फाटेका मनहरु टाल्न,
मान्छेका मष्तिष्कको मैलो फाल्न,
हिमाल पहाड र तराई हँसाउन,
धोती,टोपी र बख्खुको एकीकृत बस्ती बसाउन,
अब लाखौँ देवनारायणहरु जन्मनुपर्छ ।

सरगम भट्टराई

 – अमेरिका