काठमाडौं, १६ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान २०१७ को धारा २१ (ठ) अनुसार केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
मकवानपुर जिल्ला घर भएकी उपाध्याय पदमकन्या क्याम्पसमा स्ववियु सभापति समेत भइसक्नुभएको थियो । उहाँ समानुपातिक सांसद पनि हुनुहुन्छ ।












प्रतिक्रिया