१९ कार्तिक २०८३, बिहिबार

भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudhariyeko chulo (4)भोजपुर, १६ साउन । भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ ।

भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला, दलगाउँ, ओख्रे धोद्लेखानी गाविस घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नाम्सालिङ सामुदायिक विकास केन्द्र इलाम हुँदै जिल्ला सेवा केन्द्र सामूहिक अभियान भोजपुरको पहलमा घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो ।

घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएका १६ गाविसमा १९ हजार ५८८ सुधारिएको चुल्हो बनिसकेको जिल्ला सेवा केन्द्र सामूहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिनुभयो ।

भोजपुरमा सन् २००८ बाट सुरु भएको सुधारिएको चुलो अभियान कार्यक्रम सन् २०१७ सम्म चल्ने भएको छ ।

भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुरमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ ।

जेठको पहिलो साताबाट सुरु भएको रोपाइँ साउन मध्य हुँदासम्ममा ८० प्रतिशतको हाराहारीमा सकिएको जिल्ला कृषि विकास कार्यालय, भोजपुरले जनाएको छ ।

यस वर्ष ८५ प्रतिशतको हाराहारीमा रोपाइँ हुन सक्ने वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताउनुभयो । साउने तौली धान लगाएका कृषकले मात्र रोपाइँ गर्न बाँकी रहेको बताइएको छ ।

बढ्दो वैदेशिक रोजगारीसँगै सहरकेन्द्रित बसाइँ सराइका कारण खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै जाँदा भोजपुरमा यो वर्ष १५ प्रतिशतभन्दा बढी धानखेती हुने जमिन बाँझिन सक्ने कृषि विकास कार्यलय, भोजपुरको आँंकलन छ ।

भोजपुरमा १९ हजार १९० हेक्टरमा धानखेती हुने गरेको छ । गत वर्ष धानखेती हुने कुल क्षेत्रफलमध्ये ८५ प्रतिशतमा रोपाइँ गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भोजपुरका कृषकले अट्टे र बेलकुटी बासमती मनसरा जातका स्थानीय धान बढी मात्रामा रोप्ने गरेका छन् । रासस